प्रमिला राईले आफ्नो नयाँ गीत पहिलो पल्ट कोरियाको स्टेजमा गाउँदै (भिडियो सहित)
   NepaliKorea.com  



" target="_new">
एपि वान टिभिबाट प्रसारित रियालिटी शो "नेपाल आइडलकी" टप सेभेन प्रमिला राइले आफ्नो नयाँ गीत "कान्छा हौ...।" कोरियाको स्टेजमा प्रस्तुत गर्ने भएकी छिन्।

किरात याक्थुङ चुम्लुङद्वारा छुसकको अवसरमा आयोजित "सिरिजङ्गा सांगीतिक सौगात भाग ४" का लागि कोरिया आएकी छिन्। इन्छ्न एयरपोर्टमा याक्थुङ अनलाइनसँग कुरा गर्दै प्रमिलाले आफ्नो नयाँ गीत पहिलोपटक स्टेजमा पस्किने कुरा बताएकी छिन्।

गायिका प्रमिला राईसँगै गायक राजनराज सिवाकोटी, गायिका ज्योती मगर, गायक कुशल थलङ, डान्सर चन्दा दहाल र मोडल तथा कार्यक्रम संचालिका सिर्जना निङ्लेखुको बेजोड प्रस्तुति रहने छ।

प्रमिलाको नयाँ गीतमा शब्द संगीत प्रताप लामाको रहेको छ भने गोपाल रसाइलिले एरेन्ज गरेका छन्। निकै नै मनोरञ्जननात्म गीत प्रमिला राइले आफ्नै युट्युब च्यानल बाट गत शनिबार मात्र रिलिज गरेकी छिन्। यो समाचार तयार गर्दा सम्म उक्त गीत २लाख ३० हजारभन्दा बढिले हेरिसकेका छ्न्।

कान्छा हौ को भिडियो पनि निकै राम्रो बनेको छ। उक्त भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका छ्न् भने सिमा गुरुङको मेकअप रहेको छ। सन्तोष राजबाहकको कोरियोग्राफरमा सुदित श्रेष्ठ र रक्षा श्रेष्ठको अभिनय हेर्न सकिन्छ। भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका छ्न भने पासान योञ्जन लामाको निर्देशन रहेको छ।

कार्यक्रमको बारेमा विस्तृत जानकारी
मिति २०१७-१०-३ मंगलबार
स्थान 100 주년 기념관 서울시 중로구 대학로 3길 29
समय दिनको १२ बजेदेखि हलमा जाने तरिका ट्रेन लाइन नं १ को जोङ्नो ओगाबाट गेट २ मा निस्केर ५ मिनेट हिँड्ने।
सम्पर्क सुन्दरदीप आङ्देम्बे ०१०-२६९३-८६०६
मिराक लिम्बू ०१०-२७७६-८८२५/०१०-२२९८-८८२६
प्रवेश फियाक ०१०-३९२८-०३९७ टीका थेगिम ०१०-४८६७-९२८१
भिडियोको लागि तल क्लिक गर्नुहोला।




Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com