मेरो सरकार
कठथ्याँग्रिदो जाडोमा,
बरपाक र सिरहाहरु,
जाडो थेग्ने
एकथान कम्मल माग्दा,
सन्दुकमा
भोटे ताल्चा ठोकेर
एकथान
प्रतिबेदन बाढीरहन्छ|
मदेश र जुम्लाहरु,
अभाव र महामारी थेगेर,
समानताका आवाजहरु उठाउदा,
मेरो सरकार,
आरक्षण रुपी चकलेट बाढेर
रुन्चे नानी थमथाम झैँ
थमथामाई रहन्छ|
मेरो देश
बहिर्याहरुको चेपुवामा
अचानो बनिरहदा,
मेरो सरकार
सिल्ली र महासिल्लीहरुको
महायुद्धमा दर्शक बनेर,
स्वस्तिपाठ गरि रहन्छ|

उर्लिएका मनहरु
उल्लाश र उमंगमा,
उर्लिएका ति दुई मनहरु !
दाम्पत्य जीवनको सुरवात संगै,
सबै कुरा एका एक परिवर्तन हुन्छन!
कसैका सलक्क बडछन ति सम्बन्धहरु ,
अनि फूल छन्, अनि फल्छन !
रातपछिका बिहानिहरुले,
उनीहरुको जीवनलाई,
एक सून्दर निरन्तरता दिईरहेको हुन्छ !
उनीहरु बेलुका सुते पछी,
बिहान फेरी उठ्ने निश्चित छ !
तर धेरैका ! अझ धेरैका !
ति रातहरु बिलाएर, बिहानी हुन नपाउँदै,
पिडा र दर्दका परिवर्तनहरु सुरु हुन्छन !
अनि...!
उसले उनिमा श्रीमती पाउन छोडछन्,
उनिने उसमा श्रीमान देख्न छाड्छिन!
लामो त्यो औंसीको रात पछी,
बिहानीको उदय हुँदै हुँदैन!
बस!
ति सुनौला कल्पनाहरुको सिरानी भिजाई,
उनीहरु रातभर अस्ताई रहन्छन,
यस्ता धेरै जीवित जीवनहरु !

दुई दिने जिन्दगीको मोडमा
दुई दिने जिन्दगीको मोडमा पनि
यसरी लडिबडी खेल्दै यहाँ ।
हास्खेल गरी बिताउने समय मेरो
सारा दु:ख कस्त झेल्दै यहाँ ।।

देश छोडी प्रदेशमा आई
फलामलाई पापड सरी पेल्दै यहाँ
ठेला भरी टन्नै सामान राखी
सकी नसकी ठेल्दै यहाँ ।।

पैसा भन्ने रुखमा फल्ने फल जस्तै
सधैं तिमी पैसा पैसा भन्छौ ।
अझै सुनाइ दिउकी दु:ख तिमीलाई
भन तिमी कती सुन्छौ ।।

हेरन यिनैत हो प्रदेशमा
पैसा फल्ने रुख हरु ।
तिमीलेत बुझिदिएनौ भने
कस्ले बुझी दिन्छ दु:ख अरु ।।

सधैं भरी पैसा पैसा होईन हेर
सन्चो बिसन्चो पनि सोध्ने गर ।
पैसा भन्ने कहाँ फल्छ भन्ने
तिमी आँफै पनि खोज्ने गर ।।

खै के भनि दिउँ तिमीलाई दशैँको शुभकामना
महा भूकम्पले आक्रान्त भै l
हजारौ नेपाली घरबार बिहिन भैरहेको बेलामा ll
देश आन्तरिक द्वन्दमा फसी l
अशान्तिको कालो बादल वरिपरी मडारिएको बेलामा ll
खै के भनि दिउँ तिमीलाई दशैंको शुभकामना
* * * *
दक्षिणबाट दाना पानी बन्द भै l
घर घरमा चुल्हो बल्न छाडेको बेलामा ll
पेट्रोल र डिजेलको लाइन बस्दा बस्दै l
बाटोमै रात बिताउन बाध्य भएको बेलामा ll
खै के भनि दिउँ तिमीलाई दशैंको शुभकामना
* * * *
गर्भबाट भर्खरै निस्किएको संबिधान l
हुर्किन नपाउदै घाँटी निमोठिएको बेलामा ll
आफ्नो घर आफैले बनाउछु भन्दा पनि l
पराइका आँखाले देखि नसहेको बेलामा ll
खै के भनि दिउँ तिमीलाई दशैंको शुभकामना
* * * *
दशैं त नेपालीको चाड हो हाम्रो होइन भनि l
राजेन्द्र महतोले ले तराई तिर भाषण गरिरहेको बेलामा ll
पहाडियालाइ दाना पानी बन्द गर्ने l
तराईतिर बाट झन् ठुला धम्कि आइरहेको बेलामा ll
खै के भनि दिउँ तिमीलाई दशैंको शुभकामना
* * * *
एन्सेल बाट जति धेरै फोंन गर्यो l
त्यति ब्यालेन्स थपिने अफर आइरहेको बेलामा ll
विदेशबाट पैसा पठाए l
मनिग्राम ले पचास रुपिया रिचार्जको व्यवस्था गरेको बेलामा ll
खै के भनि दिउँ तिमीलाई दशैंको शुभकामना
* * * *
चरम अभाब र संकटबाट गुज्रदै l
विछिप्त मानसिकताले भरिएको बेलामा ll
खै यो दशैंमा कसरि रमाउ म l
जहाँ एक नेपालीले अर्को नेपाली लाइ पराइ देखिरहेको बेलामा ll
खै के भनि दिउँ तिमीलाई दशैंको शुभकामना
खै के भनि दिउँ तिमीलाई दशैंको शुभकामना
* * *
-‎किशन‬ गौतम, द .कोरिया

दंशै
“ किन आउंछ दंशै तिहार परदेसी यो... धुरु धुरु रुन मन लाग्यो
निधारमा टिका थाप्दै मान्यजनको आषिश पो थाप्न मन लाग्यो
जमरा र टिका लगाई सोरठी र सालैजोमा नाच्न मन लाग्यो
धेरै भयो मुग्लान बसाई गाँउ बेसीको सुसेली पो सुन्न मन लाग्यो”

“ चरर चहै चहै देउरालीको रोँटे पिङ् पो खेल्न मन लाग्यो
बिछोड भको धेरै भयो मायालुको मुहार पो देख्न मन लाग्यो
घिन्ताङ् मादल बाँसुरी र सारङ्गी पो रेट्न मन लाग्यो
आज किन छट्पटी भो जन्म ठाँउ पो टेक्न मन लाग्यो”

“ ढाका टोपी शिरमा हजुर कछाड भोटो लाउन मन लाग्यो
मादल बजाई झ्याउरे संगै रोईला भाका गाउन मन लाग्यो
दंशै आउंछ तिहार आउंछ सम्झी-सम्झी रुन मन लाग्यो
यस्तै रैछ जीवन मेरो आँशु बगाई आफैलाई धुन मन लाग्यो”

<<  <    4 5 6 7 8 [9] 10 11 12 13 14    >  >> 


 


एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com