सप्तकोशी र मान्छे
सुनकोशी, तामाकोशी र इन्द्रावतीको पवित्र जलझैं
कहिले अरुण झैं शान्त भएर
कहिले तमोर झैं उछृंखल भएर
दूधकोशीको श्वेतपनलाई
लिखुले झैं सम्झौता गर्दै
म सप्तकोशी भएर बगिरहेको छु ।
म बगिरहेको छु
समयको भेलसँगै
सुसाइको धुनले वाईवाई गर्दै
निराश हुँदै ओरालो लागिरहेको छु
बङ्गालको खाडीतिर ।
विगतहरु अरुण-तमोर हुन्
सुनकोशी, तामाकोशी, दूधकोशी,
इन्द्रावती र लिखुहरु हुन्
यिनै परिदृश्यबाट जीवनको उद्भव भएको छ ।
कति आत्माहरु पौडँदैछन्
कति डुबेर मरे
मैले छेकेको छु कतिलाई-
नदीको दुई किनारा भएर
यसैले पनि त म सप्तकोशी हुँ ।
मान्छेले थुन्न नखोजेका होइनन् मलाई
मनभित्रै भीमनगरको बाँध नबाँधिएको पनि होइन
त्यतिखेर म
दायाँ-वायाँ बग्न नथालेको पनि होइन
अहिले, कोशी सम्झौता झैं
आफ्नै यात्राविरुद्ध करारनामा गर्दै
म बगिरहेको छु,
चुपचाप-चुपचाप
हेर्नेका आँखा नै टट्टाउने गरी
आफैंभित्रसम्म भएर म बगिरहेको छु
फर्केर कहिल्यै नआउने गरी बगिरहेको छु ।
म जस्तै,
पहाडको झरनामा नुहाएर आउनेहरु
बगिरहेका छन्
तराईको मैदानमा घस्रेर हिँड्नेहरु
बगिरहेका छन्
एकैठाउँ, सप्तकोशीझैं
विस्फारित भएर बगिरहेछन्
विस्तारित भएर बगिरहेछन्
सारमा
पानी- मान्छे
मान्छे-पानी
पानी बगरमा बग्छ
मान्छे उमेरमा बग्छ
अविरल-अविरल दुबै बगिरहन्छन्
दुबै जन्मिइरहन्छन्
दुबै ओरालो बग्छन् ।
कहिलेकाहीँ,
पानी बादल भएर माथिसम्म पुग्छ
मान्छे मन भएर बादलमै पुग्छ ।
बादल र मन
पानी र मान्छे.....
सङ्लो पानी-धमिलो पानी
पवित्र मन-अपवित्र मन ।
सप्तकोशी र मान्छे ।

‎भुतको शहर
‪रातमा देखिने
पहाडजस्तै
मेसिनले कतै थिचिएँ भने,
या त आतंककारीको
आत्मघाती
बमबाट उडाईएँ भने,
अलिकती
बाँकी उकालो
पार गर्ने अन्तिम स्वप्नमा,
हिँड्दाहिड्दै
भिरबाट खसेर
टुक्रा-टुक्रा भएको गाडीजस्तै
चोइटिएँ भने,
ननिभेर कतै
समयको आगोमा
उम्लिदा उम्लिदै
डढिँहाले भने,
अथवा
यादहरुको पहाडदेखी
जिवनको समुन्द्र हेर्दाहेर्दै
पाइताला खुस्किएर
त्यहिँ डुबिहाले भने-
नसुकाउनु आफूलाई पृया-
तिहारपछिका दिनमा ढोकामाथी सुकेका सयपत्रीजस्तै,
नझार्नु आँसु आमा, बाबा-
समुन्द्रको पानी वा पिँडालुको पातमा झरेको शीत जस्तै,
नसंझिनु साथी-
सँधै झस्काईरहने फिल्मको दृश्यजस्तै,
म त;
अँधिया जीवन बोकेर
कालको खेत जोत्न आएको छु-
बालुवाको मान्छे र
मेसिनहरुको भूत नाँच्ने यो शहरमा !

दु:ख
कहिले त म निराश हुन्छ…
जीवन को अनेक समस्यालाई सम्झेर ।
पथ भ्रष्ठो झै बसी रहेको छु म
एकजना लाचार ब्यक्ति झै बनेर ।।
सुख र शान्तिको को खोजिमा ---
परदेशी बनी म बिरानो देशमा पुगेछु ।
भोक र तिष्णाले पिड़ीत हुन्दै -----
आँशुको नुनिलो घुट्को पीई रहेको छु ।।
एउटा सानो संसार बनाउने कल्पना थियो
जीवनलाई सार्थक बनाउने सक्लंप थियो
कल्पना कहिले वास्तव भएना
निसार्थक जीवनलाई सार्थक बनाउनु सकिन्ना ।
दुई नयन बाट आँशु बगिन्छ
कहिल्ये यो मति बनीदिने हो ?
निभि सकेका आशाको दियो हरूपनि
कहिल्ये फेरि उज्यालो ज्योति बनीदिने हो?
कहिल्ये आफ्नो जीवन लाई गुनाश पोख्छु
कहिल्ये आफ्नो भाग्यले नै दोषछु।
कस्तो यो जीवन पाए छु मैले भनि ---
एकान्त ठाउँमा बसी सच्दै नै रई हिड़छु
पाउदिना कसै बाट सान्तना सहानुभुति
पाउदिना कसै बाट सहायता र सुबुध्दि ।
हिड़नु चाहान्छु कहिल्ये त यो संसार त्यागेर.
आफ्नो कर्तव्य र दायित्य बाट टाड़ा भागेर
आशा लागेको थियो मलाई
कसै बाट प्रश्न को अत्तर पाउछु भनेर।
त्यसले पत्र लेखि पठाए मैले
कसले आफ्नो प्रिया झैं ठानेर ।।
धैरे दिन साल महिना बिति गयो
तर मेरो आशा फुल झैं फुल्न सकेना
मनको कुराहरु सबै मनमै रह्यें
कसै संग प्रकट गर्नु सकिना।।
निष्ठुरी प्रियाले बिर्सीछीन मलाई
म भने उनिलाई कहिल्ये बिर्सीनु सकिना
सागर झै गम्भिर, उनकी बोलि मह जस्तो ।
उनकी सान्निध्य कहिल्ये पनि पाउन सकिना।।
मन निराश छ सदै उनको स्मृतिमा
उनिले कहिल्ये त्यो सम्झि दिदेंना,
पत्र लेखि पठाँउछु सदै उत्तर पाउने आशाले
तर मेरो प्रश्रको उत्तर कहिल्यें पाउँदीना।।।

कालो रात
निदाएकोबेला भासिएको गला
ब्याख्या उल्टो भयो
प्रतिरक्षा पहिचानको त्यो
कालो रात रक्ताम्य रह्यो
अर्धनिदको बेला भासिएको गला
झस्किएको एक त्यो
कालो रात रक्ताम्य रह्यो
प्रबाहै थिएन ज्वालामुखी
ज्वारभाटा उठे नाच्दा झनै
चट्याङ थाप्प्यौ छाती माथी
लिइ अठोट पहिचान आफ्नै
हिम्मत थियो जित थियो
बिगुल फुक्ने ब्याख्या उल्टो भयो
प्रतिरक्षा पहिचानको त्यो
कालो रात रक्ताम्य रह्यो
ऎतिहासिक पुनर्ब्याख्यामा
निस्किएको हाम्रो यात्रा सफल बनोस
हरेक विभेदपुर्ण ब्यबस्था
नश्लिय सोच अन्त्यको कारण बनोस
पूरा गर्नुपर्ने पहिचानिक लडाइँमा
नकमाओस खुट्टा यो गठबन्धनले
एकल नस्लिय मानसिकताले
बन्दुक ताक्छ भने
पहिलो गोलि थाप्नेछ
यो उत्पिडितको छोरिले
हाम्रो यो एकतालाई छेदबिच्छेद बनाउन
पासो छोड्छन श्री५चे नकापरुपी दानब झुन्डले
खबरदार फुट्नुहोला, मुद्दा छोड्नुहोला
कुदनुछ यात्रा सफल तुल्याउन
वास्ता नलिनु आउनजाउन हहमाले झाले कुण्डले
सफल हुनेछैनन नस्लिय एकात्मकहरु
मानबरुपी श्री५चे नकापरुपी दानब झुन्डहरु
न्याईकसच्चाईको यात्रामा
सारा नेपाली ओर्लिसके
सम्पूर्ण लिङ्ग बर्ग क्षेत्र समुदाय
पछि हट्तै नहट्ने अठोटका साथ अघि बढिसके
आसा, भरोसा, सद्भाव सबैको
बिस्वासदिप छ अल्झेको!
२९ दलिय गठबन्दन तिमीमै पुन
हरेक जनसामु पुगि चेतना ल्याई
एकात्मक नस्लिय पर्खाल फुटाई
अबरुद्द यात्रा गर्नेछौ पूर्ण
अबरुद्ध यात्रा गर्नेछौ पूर्ण

म लिम्बू हुँ
सानो छँदा
गालाको सिंगानमा
जाँडको छोक्रा टाँसेर
घर पछाडि
भाले मुङ्ग्रो खोजिहिँड्थें
आँगनको डिल
सुँगुरखोर छेउमा उभिदाँ
मलाई देखेर
दुधको लाम्टा भुँइमा घिसार्दै
बुढी सुँगुर "घुँक् घुँक्" गर्थी
बिहानको घाम तापेर
झुल्दै घरको पेटीमा बस्दा
आँखाको कचेरामा झिंगाहरू झुम्मिन्थे
अनि
कुखुराको छिर्बिरे पोथीले
मेरो आँखा ठुङ्थी
म रुन्थे
कुखुरासँग बाझ्थें
सुँगुरको मुत्रथैली फुकेर
दसैंमा भकुण्डो पनि खेलें
काभ्रा टिपेर खाएँ
लालुपातेको चुइगम चपाएँ
मकैको उखु ताछें
अलि ठूलो भएपछि
गोरु लिएर बेंसी झरें
खेतमा हिलोको छेलो
खोलामा चुप्लुङ् खेलें
आज ती सारा कुराभन्दा
धेरै टाढा टाढा भैसकेको छु
तर म
मेरो विगत सम्झेर
हरक्षण अठोट गर्ने गर्छु
अब उप्रान्त
कसैको गालामा छोक्रा नटाँसियोस्
कसैको आँखा कुखुराले नठुँगोस्
कसैले सुँगुरको खोरमा टुक्रुक्क बस्न नपरोस्
र बल्ल नेपालीको समृद्धि हुनेछ !

<<  <    1 2 3 4 [5] 6 7 8 9 10    >  >> 


 


बुद्धको प्रतिमा राख्ने भवन निर्माण कार्यको शिलान्यास, बुद्धको प्रतिमा हस्तन्तारण


नायक दयाहाङलाई रिमुजीन र रेड कार्पेटमा स्वागत, कान्छी फिल्म भने अव्यवस्थित












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com