एक कहानी बनाउछु,मुक्तक
सँसार कै बिसिष्ट एक कहानी बनाउछु ।
ज्ञान सँगै माया र दयाकि खानी बनाउछु ।
सिता जस्ति कन्या भेटियोस मात्रै मलाइ,,
मुटु राज्यको आदर्श महारानी बनाउछु ।

मलाइ एउटा मुक्तक ” लेख्नु” छ।
नेपाल समृद्ध भएको “देख्नु” छ।
नेपालले हरेक क्षेत्रबाट अब यहॉ ”
सगरमाथाको उचाइमा “टेक्नु” छ।

जब तपॉइको हिरोनै भिलेन हुनेछ ।
तब भरोसा भन्ने चिज क्लिन हुनेछ ।
कलियुगको पराकास्टा बन्नेछ त्यो दिन,,
मानविय आत्मियता तेसै बिलिन हुनेछ।

आफुले जानेको अरुलाइ सिकाउनु पर्छ।
गल्ति कमि-कमजोरिहरु झिकाउनु पर्छ।
असत्य हावि हुँदा अन्याय बढ्छ यहॉ,,
सत्यता र न्यायोचितलाइ टिकाउनु पर्छ।

दुखपिडा भोगेपछि चोट हुन्छ जिन्दगि।
बिनागल्ति कहिलेकॉहि खोट हुन्छ जिन्दगि।
सँघर्ष र सत्यताको जसले रोज्छ बाटोयहॉ,,
सफलता र उपलब्धिको बोट हुन्छ जिन्दगि।

जल्नेहरुको भिडमा चल्न सिक्नुस तपॉइ ।
निभ्नेहरुको भिडमा जल्न सिक्नुस तपॉइ।
जिउँदैलाइनि मर्यो भनि गाड्न खोज्छन यहाँ,,
हजारौंले च्याप्दा पनि हल्न सिक्नुस तपॉइ।

फूलका लासहरु
जवानी फुलेर मगामगाउन थालेपछि
फूलहरु आगो बोकेर हिंड्नु पर्ने भएको छ
समयको कमजोर पाखुराले
थेग्न नसक्दा फुलेका डालीहरु
भ्रमित /ससंकित र भयभित रहनुपर्छ
आफ्नै जवानिसंग फूलहरु
कतिन्जेल हांसीरहनु
आफ्नै निरिहपनसंग यसरि ?
झ्यालहरु आँखा खोल्दै
जिब्रो लप्लपाउँदै
चिहाउँछन् फूलको सुकोमल सौन्दर्य
र रयाल चुहाउँछन् मुर्कटटाहरु
हाटबजारमा -
नूनतेल किनबेच गर्नेहरुभन्दा
फूलको सुन्दरतामा रयाल चुहाउनेहरु धेरै हुन्छन्
कताकता जोगाएर फुल्नु जोवन ?
सबेरै पँधेरो जाँदा
बाटोहरुसंग पनि डराउनु पर्ने
खुड्किलो र गौंडाहरुसंग तर्सिनु पर्ने
स्कूल जाँदा
कलेज जाँदा
उच्छ्रिंगखल सडक किनारहरू
सुँघेर बस्छन् हावामा
फूलको सुगन्ध
सुसेल्छन् उन्मत्त वैंशको साँढे
आमाहरु दिनभरी
चिन्ताको बिस्कुन सुकाउँछन्
आङमा मलिनो घाम बोकेर
न बाबुहरू पहरा बनेर उभिन सक्छन्
न दाजुहरु काँडेतार बनेर उभिन सक्छन्
दिन दहाडै
फूलहरु चुंडीन्छन्
चुँड्ने हातहरु काटिन्नन्
लुछ्ने दांतहरु भाँचिन्नन्
ताछीन्नन् वैंश उम्रिएका
उत्ताउला काँडाहरु
न्यायका आँखाहरु
बन्द हुन्छन्
न्यायालयका ढोकाहरु बन्द हुन्छन्
अनि हुर्कन्छन्
बनमाराहरु रात/बिरात
पून:दोहोरिन्छ फूल चुँडीने क्रम
ईश्वर छैन मन्दिरहरुमा
निर्जीव ढुङ्गाहरु छन्
ढुङ्गाहरु नि:शब्द छन्
तर अब
चुँडीएका फूलहरुका आँसुको थोपाबाट
दनदन बल्नेछ आगो
र डढाउनेछ ईश्वरद्वारा निर्मित
तिनै निर्मम मुर्कुट्टाहरुलाई
फूलका लासहरु उठेर
पिउनेछन् मुर्कट्टाहरुको रगत ।

बाकसमा बन्द छु म आज
पानी सरि पसिनाको थोपाहरु बेचेर,
खुसीको रेमिट्यान्स त थुपारे होला
तर अपसोच !!
मेरै नापको बाकसमा बन्द छु म आज....

गाउँमा सबैभन्दा थोत्रो, हाम्रो बाजेको पालाको पुरानो घरलाई
गाउँकै हेर्नलायक बनाउँछु भनी
बाआमालाई वचन दिएर मुग्लान छिरेको म,
आज पारि मुग्लिनसम्म पनि सकुशल आउन सकिन ।।
किनकी, बाकसमा बन्द छु म आज.... 😢

बाढीझैँ उर्लेर आउने बाडुलीमा, यो छोराको
यादहरुको थुप्रो अरु कसैले सम्झनै नसक्ने गरी
सम्झिरहने मेरी बुढी आमालाई कसले सम्झाउने ?? 😢
कि अब यादहरुले बाडुलीको लागि यात्रा गर्न सक्दैन भनेर...
जहाँ सपनीमा पनि मलाई नै खोजिरहने मेरा
वृद्ध बाआमाको खोजीमा कहिल्यै नभेटिने गरी
पुर्णविराम लगाएर
आज मेरै नापको बाकसमा बन्द छु भनेर....

हे भगवान्! मलाई किन मेरो धड्कनको पर्याय
बा आमाबाट...मुटुबाट भल्भ अलग्याएझैँ अलग्यायौ ??
ती धड्कनहरु जो मबिना धड्कन् मान्दैनन्,
ती ज्यानहरु जो मबिना मरेतुल्य भै जीउन सक्दैनन्,
ती ओठहरू जो मलाई देख्दा मात्रै मनैदेखि मुस्कुराउँछन्,
ती कमजोर पाइलाहरु जो मलाई बैसाखी सम्झिराछन् ।।😢

मेरा त दुई आमाले नै मलाई गुमाए....
एउटी आमै मलाई बाकसमा देखेर जीउँदो लासझैँ हुनेछिन् भने
अर्की आमालाई त म अखबारमा न्युज हेरेझैँ मात्र लाग्नेछु,,,
किनकी मजस्ता लाखौँ छोराछोरी छन् उसका........

जहाँ सयौँ बाकसहरुमा उसको आँखामै ठोक्किरा हुन्छन् ।।
मलाई सर्वस्व सम्झिने उनीलाई
सातजुनीको बाचा कसम, एकजुनी पनि पुर्याउन सकिन ।
मैले गर्भमै छोडेर आएको मेरो भविष्य आज,
बामेसर्दै हिड्ने भाछ रे !!

उसलाई अँगालेर तातेताते गर्दै आँगनीसम्म पनि डोर्याउन सकिन ।।
मातृभुमी छोड्नै लाग्दा मेरो बिदाई बनेर घाँटीमा
सजिएको माला...आज पनि म माथि नै सजिनलाई तयार छन् ।
फरक यत्ति हो कि...

अब म पनि त्यो मालाजस्तै मात्र भाकोछु ।।
मेरा रहरहरुको रहर लाग्दा हाँगाहरुले
आज मलाई न त हाँस्न लायक छोड्यो न त रुननै....
बरु ती हाँगाहरुमा संघर्षको पुष्पगुच्छाले भर्न खोज्ने
मेलै जीउदैँ गरेको जीउँदो जीन्दगीमा मृत्युको जहर खनाईदियो ।।
त्यसैले त बाकसमा बन्द छु म आज....

म चाहन्थेँ, मरुभूमिको क्यानभासबाट सदाका लागि उतारेर
म भरिएको होइन, मेरो पसिना भरिएको बाकस मात्रै आओस् ॥
तर हेर! उड्ने बेला ट्रलीमा मेरा लगेजब्यागहरु गुडाउँदै छिरेको म,
आज लगेजब्याग सरह स्वयम् आफैँ गुडिरहेछु लास बनेर ॥
जहाँ बाकसमा बन्दछु म आज

लिंग
हरेक रातैपिच्छे
सपनाहरुको सितारासँग उनिएको
बडेमानको कालो माला भिरेर
चौबाटोमा उभिन्छ-एउटा लिङ्ग !

त्यही लिङ्ग जो
खै कसरी हो,दगुर्दै पस्छ-
चौबाटोको सबैभन्दा चर्चित भट्टिमा,
जहाँ आकार-आकारका कुरुप लिङ्गहरु
को ठूलो भन्दै नाँगिएर
पसिनाहरुको रगतमा होलि खेलिरहन्छन् !

साठी डिग्रीको गर्मी
र माईनस बीस डिग्रीको जाडो नभनी
मरुभूमीहरुमा उमृएका ठेलाहरुद्वारा
किनिएको रक्सीमा
तिनै ठेलाहरुको आँसु मिसाएर स्वाट्ट पार्दै,
सितनमा तिनै ठेलाहरुलाई
चटचट काटिएको मासुको चोक्टा टोक्दै मातेपछी
रोईटोपल्छन् तिनै लिङ्गहरु जो
पचास लाख यूवाहरुको निधारमा प्रत्येक सेकेण्ड
नबिराईकन पालैपालो गरिरहेछन्-
बलत्कारै बलत्कार !

स्वभिमान देखाई-टोपल्ने
तिनै लिङ्गहरु हुन् जो
यूवाहरुको उर्वर जवानी बेचेर
फूट्सल खेलिरहेछन्- तिनै यूवाहरुको भविश्य,
म्यारिज खेलिरहेछन्-
तिनै यूवाहरुको फाट्दैगरेको जिन्दगीजस्तै
चुलिँदै गएको पारिवारिक फाटोहरुमाथि !!

सगरमाथाको फेदमा बस्ने
प्रत्येक यूवाहरुको आँखामा
अहिलेपनी तात्तातै छ, तिनै लिङ्गहरुको आलो बिर्य-
जसले यो देसलाई जस्तै
कुरुप बनाईदिएकोछ-
तन्नेरी अनुहारभित्रको ईन्द्रेणी रंगशालाहरुलाई !

अधिकांश चुल्होहरु रमाएर बल्न सक्नुको कारण
ग्याँस बनेर
ग्याँस सिलिन्डरभित्र पस्ने प्रदेशी यूवाहरु
हैनन् - कसले भन्न सक्छ !?

हाम्रो प्यारो देश
क्रा टुक्रा पारेर हाम्रो प्यारो देश लुट्न खोजिदैछ ।
यहाँ राष्ट्रियताको बारेमा वोल्नेलाई कुट्न खोजिदैछ ।।

राष्ट्रबादी ,गरिब , दिन,दुःखी अनि असाहारा हरुलाई
दलाल र भ्रष्टहरुले एउटै ताउलोमा भुट्न खोजिदैछ ।।

दलाली दर्ता गरी सक्यो , लिलामीमै बेच्न खोजिदैछ
बुद्ध जन्मेकै लुम्बिनीलाई अनायासै चुट्न खोजिदैछ ।।

देश निकाला गरौ न बरु ,हाम्रो देशै बेच्न खोज्नेलाई
देशलाई छातीमै राख्नेहरु पनि आज टुट्न खोजिदैछ ।।

भाई फुटे गवार लुटे भन्ने उखान प्रचलित हुदा हुदै
बिदेशीको ईशारामा किन भाई भाई फुट्न खोजिदैछ ।।

<<  <    1 [2] 3 4 5 6 7 8 9 10    >  >> 


 


एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com