तिमीसंग बोलुं बोलुं लागेको छ
मौसमका उधौली र उभौलीहरूसंगै
उकाली र ओराली गरी रहने यो मन
तिमीले निर्धक्क भएर
सबै सामु सत्य सत्य बोलेको देख्दा
मेरा पनि मनका कुरा खोलुं खोलुं लाग्छ
तिमीले बोलेजस्तै मीठो बोली
मलाई पनि बोलुं बोलुं लागेको छ

सोए ढोले सोए अर्को ढोले खोए भन्दै
ढोलकेहरुसंग हातमा झ्याम्टा लिएर
तिमीले चण्डि नाच नाचेको देख्दा
तिम्रो अघि पछि, अघि पछि हुंदै
जानि नजानि नाच्न मन लागेको छ
तिमीलाई नै सुम्पि दिनलाई भनेर
रंगिन फूलका थुंगा़हरू बटुलेर
सुन्दर माला गांसुं गासुं लागेको छ
कतै भुलिन्छ कि तिम्रो चेहरा भनेर
आंखाभित्रै तिमीलाई साचुं साचुं लागेको छ

तिम्रा र मेरा साथीहरूले भोगेको जस्तै
भ्यालेन्टाईन्स डेसम्म पर्खन नपरोस भनेर
आजै मनका कुरा खोलुं खोलुं लागेको छ
तिमी पर पर भाग्दै भाग्दै गए पनि
तिम्रो छेवैमा आएर
आजै तिमीसंग बोलुं बोलुं लागेको छ


<<  <    104 105 106 107 108 [109]    >  >> 


 


कोरियामा विपुल क्षेत्रीको लाईभ कन्सर्ट


चर्चित गायक राज सिग्देलको कोरियामा भव्य प्रस्तुती












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com