अब कुनै सञ्जिवनीको काम छैन
नेपाली इच्छा र चाहनामाथि लात बजारी
शाही लबेदा हल्लाउन पल्केकाहरु हो
सयौ वर्षदेखि मक्किसकेको
धमिराले सखाप सामन्ती संस्था
ढाकरमाथि तक्मा लगाइ
कांध हल्लाउन खोजिरहेका छौ नि
मृत सामन्ती संस्थाको अन्त्येष्टिमा
मलामीहरु आतुर छन

तर महासयहरु
सञ्जिवनी खुवाइ बहराउने कोसिसमा नि
तर अब होसियार
कुनै सञ्जिवनी बुटीहरुको काम छैन
तिम्रा तक्माहरु ब्यर्थ छन्
झन एक्लो कांधको भर नै छ
क्रुर सामन्ती चिता पखाल्न हामी
मलामहरु आतुर छौं
अझै पनि तिम्रा आंखाहरु
शाही लवेदामै त्यसो भने फेरि
यो धर्तीलाई बदल्न

हसिया हतौंडा, कुची, पुस्तक, कापी, कलम
हलो कोदालो नाङ्लो र डालो लिएर
एकपटक फेरि सडक आकाश तताउने छौं
सामन्तको अवशेष र निशाना जरा हांगा उखेल्ने छौं
त्यसैले नेपाली चाहना शहीदको सपनामा कांडेतार नलाऊ
सामन्ती समर्पणमा अब नझुक
बिर्सिदेउ अव सामन्ती लवाइ खुवाइको
सामन्ती वस्त्रहरु फेर
नयां वस्त्रहरु सिलाऊ, जहां प्रत्येक नेपाली रम्ने
मक्किएर सडेगलेको चीज
निश्चित ढल्नेछ त्रि्रो कांध भए पनि
गलत ठाउंमा कांध हाल्नुको कुनै अर्थ हुन्न
त्यसैले होस खुलाउ अब
सही ठाउंमा कांध हाल
तयार होउ नयां सिर्जनामा नयां नेपाल
समृद्ध नयां नेपालको चित्र खिच्न
समावेसी फूलहरु फुलाउन
त्रि्रा कदमहरु अघि बढाऊ
छोडिदेऊ अव कसैको भरौटे हुन
त्यहां सहिदको रगतको अपमान छ
ब्यूंझ यथार्थमा आउ होस खुलाऊ ।

Writer
राजकुमार निर्दोस

सहर पीडा

यो सहर अचेल मलाई गिज्याउन थालिसकेछ
मेरो गाउं पनि अब त बिरानो भइसकेछ

खुसी के हो सुख के हो मैले बुझ्न सकिन
सफल पार्ने भाग्यसित कहिल्यै भेट भएन

यो सहर....

आंशु पिएर बांच्न यहां सांच्चै गाह्रो रहेछ
भोक चपाएर बांच्नु झनै पीडादायी रहेछ

यो सहर अचेल मलाई गिज्याउन थालिसकेछ
मेरो गाउं पनि अब त बिरानो भइसकेछ ।।

स्वास्नीमान्छे.....निष्कर्ष
स्वास्नीमान्छे....
एउटा गहिरो सागर हो
जहां गहिराइमा गएर मात्र बुझ्न सकिन्छ
एउटा फराकिलो माया हो
जहां एउटा प्रेम अनायासै भुल्न सकिन्छ ।

एउटी प्यारी श्रीमती हो
जो आफैंमा अपार सम्पत्ति हो
अनि एउटा कुशल आमा हो
जो छोराछोरीको मायालाई
ग्रहण गर्न सक्छिन्
त्यसैले मुटुको ढुकढुकी हो
अनि जाडोमा न्यानोको आभास हो
अनि बेसहाराको एउटा ठूलो सहारा हो ।

अनि स्वास्नीमान्छे.....
एउटा खुला किताब हो
समुद्रको गहिराइ होइन
अनायासै आउने एउटा छाल हो
हंसाउंदा हंसाउंदै रुवाउने एउटा चाल हो
पृथ्वीको गहिराइ होइन
सतहमा नै चल्ने एउटा मानव हो
दुख सुखको कल्पना नै गर्न नसकिने
सबैको एउटा भूलभुलैया खेल्ने ठाउं हो ।

फेरि स्वास्नीमान्छे.....
यो त एउटा आकाशमा उड्ने चरी हो
आफैं सधैं मस्त रहने नारी हो
कहिल्यै पनि नअघाउने एउटा प्राणी
अनि जिन्दगीलाई सधैं सजिलोसंग बफ्वांकसंग
उडाउने एउटा धुवां हो
प्रेमलाई बासनामा परिणत गर्न बेर छैन
त्यसैले जोगिनु पर्छ मित्र
यसमा जलेर भष्म हुन बेर छैन ।

अब निष्कर्ष मैले आफैं निकाल्नु पर्छ
स्वास्नीमान्छे त हुन्छिन् थरिथरिका
तर चिन्न सक्नु पर्छ
त्यसैले म त भावनात्मक प्रेमलाई अंगाल्छु
म रातको राताहरुलाई मन पराउंछु
समुद्रको गहिराइलाई मन पराउंछु
त्यसैले त म समर्पित छु ।
०००

तिम्रो दिन फिर्ने छैन
इष्या बोकेर घण्टी बजाउ
तिम्रो इश्वर हांस्ने छैन,
पलपल लोभैलोभ जगाउ
तिम्रो आस्था बांच्ने छैन ।

पाप राखेर यज्ञ गराउ
अग्निले माफ दिने छैन ।
अत्याचारको बीउ भराउ
मुनाले पात लिने छैन् ।

जुलुन बोकेर फूल चढाउ
झुठो नासो स्वीकार्ने छैन
कुकर्मको प्रक्रिया बढाउ
सजाय कहीं इन्कार्ने छैन ।

श्रद्धा नगरी दियो जलाउ
सङ्लो प्रकाश छिर्ने छैन,
निरिहको प्राणभिरु गलाउ
तिम्रो सुदिन फिर्ने छैन ।

हार्नेलाई सहानुभूती
हार्नेहरुलाई सहानुभूती
जित्नेहरुलाई बधाई छ ।
आउनेहरुलाई स्वागतम
जानेहरुलाई बिदाई छ ।

गर्नेहरुलाई प्रेरणा प्रेम
ब्यर्थहरुलाई तिरस्कार छ ।
मर्नेहरुलाई समवेदना
बांच्नेहरुलाई पुरस्कार छ ।

मूकहरुलाई शब्दकोशेली
बोल्नेहरुलाई सदिच्छा छ ।
लाचारहरुलाई मृदुमाया
बढनेहरुलाई शुभेच्छा छ ।

balikaji@yahoo.com

कवि विष्णु निष्ठुरीका दुइ कविता
काठमाडौं

जुरुक्क उठौं
उठ्नै सकिन्न
माथि केछ केछ, ठोकिन्छ
मान्छेहरु भन्छन् आकाश छ
तर ठोकिन्छ
पक्कै केही न केही त छ, न देखिन्छ
बसौं न त ढुक्कले भनौं
पिरामा घोच्छ
तिखातिखा सुइराले घोच्छन्
बस्नै सकिन्न,
मान्छेहरु भन्छन्, आसनी छ
तर घोच्छ
अब खुम्चिएर बसौं कति
न अडेस लाग्ने भित्तो छ
न लम्पसार पर्ने ओछ्यान,
सास्ती भोगेर पनि आनन्द मिल्छ भन्छन् मान्छेहरु
यो अमिलो हावाले कुंडिएको काठमाडौंमा
भन्नेहरु नै भन ए मान्छेहरु,
अब मान्छे यहां कसरी बांच्ने...
०००


अजिव रक्सी

पर्रर गर्छ र्सर्रर गर्छ
अल्छी आलस्य पर र्सछ
सुरुप्प पार्न एक दुइ चुस्की
घेराउमा पारी कर गर्थे साथी
त्यसबेला रक्सी जांच्न खाइयो ।

अजिव रहेछ सांच्चै रक्सी
जांगर आयो उक्सी, उक्सी
मात्रा बढ्यो हौसी हौसी
कस्तो मीठो तीनपाने रक्सी
ढुंगै खाउं कि मुढै चपाउं कि
उमेर थियो चौथायी असी
खुव खाइयो जहां गइयो
त्यसबेला रक्सी नाच्न खाइयो ।

थरीथरीका रंगीबिरंगी
जुटाउंथे रक्सी साथीसंगी
उ र यो बारिएन
चेयर्स गर्थे नन्दी भृंगी
गोरेटो हो कि मूलबाटो हो
जीवनको लक्ष्य कुन को कुन हो
उसबेला रक्सी जांच्न खाइयो
अहिले रक्सी मात्न खाइयो ।

बानी त हो लाग्यो लाग्यो
जोश र जांगर कता भाग्यो
निहुं र बहाना कत्ति कत्ति
रुच्न छोड्यो पाएजत्ति
कक्रिन्छ जीउ घाम डुब्दैमा
त्यसैले रक्सी तात्न खाइयो ।

ख्याल, ख्यालमै जिन्दगीमा
नाथे रक्सी कत्ति खाइयो
पहिले रक्सी जांच्न खाइयो
कहिले रक्सी नाच्न खाइयो
मात्न खाइयो तात्न खाइयो
सास रहिन्जेल जिन्दगीमा
अहिले रक्सी बांच्न खाइयो ।
०००

नेपाल पत्रकार महासंघका सभापति रहनुभएका कवि निष्ठुरीद्वारा लिखित शीत नओभाएको गाउं कविता संग्रहबाट ।

<<  <    103 104 105 106 107 [108] 109    >  >> 


 


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com