दुई दिने जिन्दगीको मोडमा
दुई दिने जिन्दगीको मोडमा पनि
यसरी लडिबडी खेल्दै यहाँ ।
हास्खेल गरी बिताउने समय मेरो
सारा दु:ख कस्त झेल्दै यहाँ ।।

देश छोडी प्रदेशमा आई
फलामलाई पापड सरी पेल्दै यहाँ
ठेला भरी टन्नै सामान राखी
सकी नसकी ठेल्दै यहाँ ।।

पैसा भन्ने रुखमा फल्ने फल जस्तै
सधैं तिमी पैसा पैसा भन्छौ ।
अझै सुनाइ दिउकी दु:ख तिमीलाई
भन तिमी कती सुन्छौ ।।

हेरन यिनैत हो प्रदेशमा
पैसा फल्ने रुख हरु ।
तिमीलेत बुझिदिएनौ भने
कस्ले बुझी दिन्छ दु:ख अरु ।।

सधैं भरी पैसा पैसा होईन हेर
सन्चो बिसन्चो पनि सोध्ने गर ।
पैसा भन्ने कहाँ फल्छ भन्ने
तिमी आँफै पनि खोज्ने गर ।।

खै के भनि दिउँ तिमीलाई दशैँको शुभकामना
महा भूकम्पले आक्रान्त भै l
हजारौ नेपाली घरबार बिहिन भैरहेको बेलामा ll
देश आन्तरिक द्वन्दमा फसी l
अशान्तिको कालो बादल वरिपरी मडारिएको बेलामा ll
खै के भनि दिउँ तिमीलाई दशैंको शुभकामना
* * * *
दक्षिणबाट दाना पानी बन्द भै l
घर घरमा चुल्हो बल्न छाडेको बेलामा ll
पेट्रोल र डिजेलको लाइन बस्दा बस्दै l
बाटोमै रात बिताउन बाध्य भएको बेलामा ll
खै के भनि दिउँ तिमीलाई दशैंको शुभकामना
* * * *
गर्भबाट भर्खरै निस्किएको संबिधान l
हुर्किन नपाउदै घाँटी निमोठिएको बेलामा ll
आफ्नो घर आफैले बनाउछु भन्दा पनि l
पराइका आँखाले देखि नसहेको बेलामा ll
खै के भनि दिउँ तिमीलाई दशैंको शुभकामना
* * * *
दशैं त नेपालीको चाड हो हाम्रो होइन भनि l
राजेन्द्र महतोले ले तराई तिर भाषण गरिरहेको बेलामा ll
पहाडियालाइ दाना पानी बन्द गर्ने l
तराईतिर बाट झन् ठुला धम्कि आइरहेको बेलामा ll
खै के भनि दिउँ तिमीलाई दशैंको शुभकामना
* * * *
एन्सेल बाट जति धेरै फोंन गर्यो l
त्यति ब्यालेन्स थपिने अफर आइरहेको बेलामा ll
विदेशबाट पैसा पठाए l
मनिग्राम ले पचास रुपिया रिचार्जको व्यवस्था गरेको बेलामा ll
खै के भनि दिउँ तिमीलाई दशैंको शुभकामना
* * * *
चरम अभाब र संकटबाट गुज्रदै l
विछिप्त मानसिकताले भरिएको बेलामा ll
खै यो दशैंमा कसरि रमाउ म l
जहाँ एक नेपालीले अर्को नेपाली लाइ पराइ देखिरहेको बेलामा ll
खै के भनि दिउँ तिमीलाई दशैंको शुभकामना
खै के भनि दिउँ तिमीलाई दशैंको शुभकामना
* * *
-‎किशन‬ गौतम, द .कोरिया

दंशै
“ किन आउंछ दंशै तिहार परदेसी यो... धुरु धुरु रुन मन लाग्यो
निधारमा टिका थाप्दै मान्यजनको आषिश पो थाप्न मन लाग्यो
जमरा र टिका लगाई सोरठी र सालैजोमा नाच्न मन लाग्यो
धेरै भयो मुग्लान बसाई गाँउ बेसीको सुसेली पो सुन्न मन लाग्यो”

“ चरर चहै चहै देउरालीको रोँटे पिङ् पो खेल्न मन लाग्यो
बिछोड भको धेरै भयो मायालुको मुहार पो देख्न मन लाग्यो
घिन्ताङ् मादल बाँसुरी र सारङ्गी पो रेट्न मन लाग्यो
आज किन छट्पटी भो जन्म ठाँउ पो टेक्न मन लाग्यो”

“ ढाका टोपी शिरमा हजुर कछाड भोटो लाउन मन लाग्यो
मादल बजाई झ्याउरे संगै रोईला भाका गाउन मन लाग्यो
दंशै आउंछ तिहार आउंछ सम्झी-सम्झी रुन मन लाग्यो
यस्तै रैछ जीवन मेरो आँशु बगाई आफैलाई धुन मन लाग्यो”

'जसरी नि उ रित्तै थियो'
'जसरी नि उ रित्तै थियो'
उ,
सबेरै गएको थियो
छोरोलाई दूध
अनी श्रीमतीलाई औषधी लिन
जाँदा उ संग थियो
रित्तो खल्ती
तर भरिएको मन
बरा !
भरिएको मन्
र रित्तो खल्तीले
ख्याल आउँथ्यो र !
छोरालाई दूध
अनी श्रीमतीलाई औषधी

त्यसैले ,
दिनभरी उसले
भत्कायो आफ्नो मन्
उसोरी नै अर्काको मन्
मन भत्किए पछी भरियो खल्ती
साँझमा ,
उ फर्कियो
लिएर रित्तो मन्
अनी भरिएको खल्ती
तर
उसले बिर्सिएको थियो
ल्याउन छोरालाई दूध्
श्रीमतीलाई औषधी
बरा!
रित्तो मनले के सम्झिन्थ्यो ?
दूध र औषधी
बडो अचम्म्!
मन भरिदाँ नि उ रित्तै थियो
खल्ती भरिदाँ नि उ रित्तै थियो


बिना तामाङ्' सुनगाभा'
बुढानिलकण्ठ १ , काठमाण्डौ

तिमि आफ्नो चिन्ता गर
हे नजिकको मेरो आफन्त
हे !
मेरो नजिकको आफन्त
मेरा आफन्तहरुको पनि आफन्त
साईनोले आफन्त
रगतको नाता लाग्ने
कर्मको नाता लाग्ने
नन्द,आमाजू,देवार,देउरानी
भतिज ,भतिज्नी
आदि आदि
थुप्रै साईनोहरुमा
पर्ने अर्को साईनो
भान्जा या भान्जी पनि हुन सक्छौ तिमी
जे होस् तिमीलाई
सुभ आसिर्बाद छ
उतर उतर प्रगतिको कामना छ
म यसरीनै आफ्नो ठाउबाट
सम्बोधन गरिरहन्छु तिमी
लगायत अन्य सबैलाई
अनि अघि बढ्ने बाटो
खोज्छु ,संघर्ष गर्छु
बाच्नकै नीमित
सुभ,साझ
अरुको भाग खोस्न मेरो
स्वाभिमानले कहिल्यै
नदिएर होला
म धेरै माथि पुग्न सकिन
मागेर पनि खान नसकेर
होला कति भोक भोकै बसेकोछु
तर
आज थाहा पाए
आफन्तले दिएको
धोका अनि पिडा
कति नमिठो हुँदोरैछ भनेर
तिमी मेरो आफन्त
टाढा बसेर मेरो खैरो
खन्दैछौ रे
भन्छौ रे म अयोग्य छु
अनपढ छु महा मुर्ख छु
काम गर्ने तरिका छैन
तिम्रो सामु पुग्न
अझ धेरै कुरो सिक्नु पर्छ
धेरै तालिमहरु गर्नु पर्छ
अनि
यसो पनि भन्छौ रे
म हिड्ने जम्मै बाटोहरु
बन्द गर्नु पर्छ
समाजमा आउन दिनु हुन्
भन्दै भित्र भित्र गोप्य
बैठक गर्छौ रे
अनि म भनेर देखिने
मेरो नामहरु मेटाउदै छौ रे
दुलोहरु बुच्याउदै छौ रे
हो .....मैले देखे
हिजो मात्र एउटा दुलो
बुच्याई सकेछौ
त्यहाबाट मेरो नाम मेटाई सकेछौ
तेस्को लागि हार्दिक धन्याबाद
तर
तिमीले मलाई मुसा ठानेको रैछौ
तेसैले त म हिड्ने साना साना
दुलोहरु बुच्याउन मै व्यस्त हुँदैछौ अचेल

अर्को दुलोबाट सडकमा
निस्किसकेको छु
हेर मेरा अघि तेस्ता सयौ
दुलोहरु छन् निस्कनलाई
हजारौ बाटोहरु छन्
अघि बढ्नलाई
चिन्ता नगर तिमी
मेरो भबिस्यको
मेरो जीवन रहुन्जेल
लाई विधाताले कसरी
लान्छ कति दुख,शुख मेरो
भागमा छुट्याएको छ
र कुन कुन बेला ति मलाई
भोग्ने अनुमति दिन्छ
त्यो मेरो जन्म कुण्डलीमा
पहिल्येनै लेखिएको छ
बरु सक्छौ भने प्रिय आफन्त
तिमि आफ्नो चिन्ता गर |

जानु काम्बाङ लिङदेन
१० भदौ २०७२ यूके

<<  <    5 6 7 8 9 [10] 11 12 13 14 15    >  >> 


 


कोरियामा विपुल क्षेत्रीको लाईभ कन्सर्ट


चर्चित गायक राज सिग्देलको कोरियामा भव्य प्रस्तुती












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com