होमपेज
समाचार
मुख्य समाचार
कोरिया समाचार
अन्तर्वार्ता
साहित्य
भिडियो
कोलम
ग्यालरी
हाम्रो बारेमा
हास्यव्यंगात्मक गजल
म्यागडोल अनी भर्जिनमा खोजें॥
रेडलेबल भोड्का,जिनमा खोजें ॥
गाँजामा तिमी भांग रक्सीमा तिमी।
लठ्ठीदै सारा लाज घिनमा खोजें ॥
पूर्व र पश्चिम खै भेटिन तिम्लाई ।
लासा र भोट अनि चीनमा खोजें ॥
स्वर्ग तिमी खोइ कसरि पुग्थ्यौ र।
नर्कको यो सारा जमिनमा खोजें ॥
जुनकिरी जस्तै पिलपिल हुन्थ्यौ।
अँधेरी रात अनी दिनमा खोजें ॥
सिरकको पत्र र सिरानी खोलमा।
हजार बार छिन छिनमा खोजें ॥
डाडा र भाटा छानाको खरमा।
कहाँ छौ भन्दै दलिनमा खोजें॥
"बिखर्ची राम"
बघौडा,८,ब्रहमपुरी,माडी,
चितवन,नारायणी,नेपाल
हाल:यु,ए,ई,दुबई.
के दिउँ शुभकामना नयाँ वर्षको
के दिउँ शुभकामना
नयाँ वर्षको
अभावै अभावको जिन्दगानीमा
थप अभाव पस्की दिउँ कि
असुरक्षानै असुरक्षाको समाजमा
थप अराजकता निम्त्याइ दिउँ ।
सुबिस्ता रत्तिभर छैन्
घाँटी घाँटी डुबिसक्यो
हरेक साल एउटा नयाँ पात्रो
बिस्थापित गर्न आउँछ पुरानो पात्रो
मन पहिल्यै अमिलो थ्यो
त्यसमाथि नुनचुक थपिदिउँ कि ।
के दिउँ शुभकामना
नयाँ वर्षको
बोक्रे शुभकामनाको के अर्थ
रुँदारुँदै हाँस्नु यसै ब्यर्थ छ
पोचो सकारात्मकता जाली हो
मन उदास उदास पारेर
कुन्ठित मनले केहि दिन सक्तिन ।
यति चैँ अवश्य भन्छु
पोचा पुराना वर्षहरु जस्तै
यो वर्ष पक्कै नहोस
गाडेको मुर्दा उखाडेर
भमको खेतीपाती नहोस्
पान खाएर भित्तामा थुक्ने
पान खाएर भित्तामा थुक्ने
खुट्टो उचालेर ढिस्कोमा मुत्ने
हात्ति र हात्तिछाप चप्पल
उस्तै उस्तै हो नानु भने जस्तै
अघिल्लो मर्निङवाक जान्छ
अर्को उसैको पछि लाग्छ ।
कुम्भ मेलामा करोडौं पुग्छन्
क्रिकेट हेर्न हजारौं झुत्तिन्छन्
पान खानेले भित्तो थुक्न पायो
ढिस्को देख्नेले मुत्न भ्यायो
कुम्भ मेला गइस आइस
क्रिकेट हेरेर के ज्ञान पाइस ?
शारदा
तिम्रै ॐकारका सामु छु
तिम्रै स्मृतिले विह्वलित छु
यो कस्तो अधुरो साथ तिम्रो
यो कस्तो प्रगाढ स्नेह तिम्रो
कसै गरे तिम्रो छवि
मेरा मानसबाट पन्साउन सक्तिना
यही ॐकारमा तिमी विलय भयौ भनेर
यस बेला यही तिमी पाइरहेछु ।
यो स्नेह तिमीलाई
तिमी शारदा ! मैले माया गरेकी
तिमी शारदा ! मलाई माया गर्ने
यो भावगङ्गा सबैसबै तिमीलाई ।
विवश
प्रेम गर्न नजान्ने मान्छे रे 'विवश'
सँगै बस्न नमान्ने मान्छे रे 'विवश'
यस्तै भन्छन साथी हिजोआज यहाँ
कोही आफ्नो नठान्ने मान्छे रे 'विवश'
आखिर कसले बुझ्यो यो मेरो पिडा
जीवन साथी नछान्ने मान्छे रे 'विवश'
आफन्तनी उस्तै भाछ्न आजभोली मेरा
रीति रीवाज नधान्ने मान्छे रे 'विवश'
<<
<
[1]
2
3
4
5
6
7
8
9
10
>
>>
Title
Contents
Nepali calendar
दिलशोभाको दिल दुख्यो
कोरियाबाट गरेको सम्मान फिर्ता गरिदिन्छु-आमा दिलशोभा श्रेष्ठ
सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना :
nk@nepalikorea.com
,
nepalikorea@gmail.com