कपुरीन्यूज

धरानमा उपनिर्वाचन: उम्मेदवारी मनोनयन दर्ता शुरु
[2019-11-13 오후 3:21:00]

आगामी मंसिर १४ गतेको धरानको मेयर पद र वडा अध्यक्षको उपनिर्वाचनको लागि आज मनोनयन दर्ता शुरु भएको छ ।धरान १५ स्थित निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता शुरु भएको हो ।

निमित्त निर्वाचन अधिकृत अजय मिश्रका अनुसार बिहान १० बजेदेखि साढे १ बजेसम्म मनोनयन दर्ताको समय दिइएको छ । अहिले १० बजेदेखि ११ बजेसम्म साना दल तथा स्वतन्त्र उम्मेदवारलाई मनोनयन दर्ताको समय दिइएको निमित्त अधिकृत मिश्रले जानकारी दिए । ‘बिहान १० बजेदेखि साढे १ बजेसम्म मनोनयन दर्ताको समय छ, अहिले ११ बजेसम्म साना दल र स्वतन्त्रलाई समय दिएका छौं,’उनले भने ।

मिश्रका अनुसार ११ बजेदेखि १२ बजेसम्म नेपाली कांग्रेसलाई मनोनयन दर्ताको समय दिइएको छ भने १२ बजेदेखि १ बजेसम्म नेकपाको उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएको छ । ‘त्यसपछि उम्मेदवार सुची प्रकाशनलगायतको काम गछौं,’उनले भने । धरानमा मेयर र वडा नं ७ को अध्यक्ष पदको लागि मंसिर १४ मा उपनिर्वाचन हुदैछ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com