nepalikorea

नेपाली जनप्रगतिशिल मोर्चा दक्षिण कोरिया ले निकाल्यो यस्तो प्रेस विज्ञप्ति
[2019-11-13 오후 2:52:00]

नेपाली जनप्रगतिशिल मोर्चा दक्षिण कोरिया

प्रेस विज्ञप्ति
भारतीय बिस्तारवाद मुर्दाबाद नेपाली भुमी फिर्ता गर !

२०७६ कार्तिक १६ गते सनिवारका दिन सार्वजनिक गरेको राजनैतिक नक्सामा दार्चुलाको कालापानी लिपुलेख लिम्पियाधुरालाई भारतको भुगोल भित्र पर्ने गरि करिव ३७२ बर्गकिलो मिटर नेपाली भुमि हडपेको कुरा सर्वबिदितै छ । पुर्वपश्चिम र दक्षिणि भेगबाट बिस्तारै बिस्तारै नेपाली भुमी हस्तक्षेप / अतिक्रमण गर्दै सिंगो नेपाल निल्ने भारतीय रणनीति नेपाली शासकहरुको देश र जनता प्रतिको लाचारिपन र गैरजिम्मेवारीपनको उपज हो भन्ने कुरा निसंकोच भन्न सकिन्छ । यसरी नेपाली भुमिलाई भारतले राजनितीक नक्सामा आफ्नो देखाउनु संयुक्त राष्ट्र संघको बडापत्र पन्चशिलको सिद्धान्तको सिधा उलंघन र बर्खिलापमा त छ नै सारा स्वाभिमानी नेपाली राष्ट्रिय अस्मिता र सार्वभौमिकता माथिको नांगो हस्तक्षेप हो । यसरी दादागिरी हैकम जमाउदै हस्तक्षेपकारी बुट बजार्ने नांगो तरिकाले खुलेआम तान्डवनृत्य प्रस्तुत गर्ने भारतको यसखाले गैरन्यायिक कुकार्यको नेपाली जनप्रगतिशिल मोर्चा दक्षिण कोरिया घोर निन्दा भर्त्सना र आपत्ती प्रकट गर्दछ ।
अत्यन्तै संबेदनसिल समकालीन परिस्थितिमा पनि नेपाल सरकारले सशक्त आवाज र ठोस कदम चाल्ने हिम्मत नगर्नु समाधान प्रती खास्सै तत्परता नदेखाउनुले आफैमा रहस्यमय र लज्जाबोधको स्थिती सिर्जना गरेको छ । भारतीय दादागिरीका विरुद्ध बोल्नुको साटो अतिक्रमणका विरुद्ध आवाज बुलन्द गरिरहेका सचेत नेपाली नागरिकलाई प्रशासन द्वारा दमन गर्न लगाइ गिरफ्तार गरिनु देश र जनताको रक्षा गर्ने सेना प्रहरीलाई सिमा सुरक्षामा नखटाएर सरकारको बिरोध गर्ने ब्यक्ति संस्था र शक्तिका विरुद्ध विशेषत: विप्लव माओवादीका विरुद्ध प्रयोग गर्नु भनेको ठिक टाउकोले टेकेर हिड्नु सरह नै हो । जसले सरकारको कद उचो होइन आफ्नै निम्ति प्रतिउत्पादक हुने निश्चित छ । यस्ताखाले सरकारी रवैया र भारतीय अतिक्रमणको मोर्चा खेद प्रकट गर्दछ तत्काल यथासक्य राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षाको निम्ति उचित कदम चाल्न सरकार समक्ष जोडदार माग पनि गर्दछ साथै सम्पुर्ण न्यायप्रेमी स्वाभिमानी नेपालीहरुलाइ अतिक्रमणको विरुद्ध आवाज छेड्न पनि हार्दिक अनुरोध गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित

अध्यक्ष
२०७६ कार्तिक २२ आदर्श मगर



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com