Nayaonline

कोरियाबाट ट्रान्सफर मैलाटिज भएका मिथुन लिम्बूलाई सहयोग
[2019-11-12 오후 6:15:00]

नयांअनलाईनबाट :
ट्रान्सफर मैलाटिज रोग लागेका ताप्लेजुङको मिरिङ्देन ४ का मिथुन हाङ्गाम लिम्बूलाई दक्षिण कोरियाबाट सहयोग भएको छ कोरियामा कल्पना मावो लिम्बूको संयोजकत्वमा ‘मिथुन हाङ्गाम बचाउ अभियान’ सञ्चालन गरी नेपाली रुपैया २,४८,८०० प्रदान गरेको हो ।

जीवन र मरणसँग लडिरहेका मिथुनको बिरामी कम्मरमुनि शरीरको सबै भागहरु नचल्ने भएको छ । उनी तीन वर्षदेखी बिरामी भएकोले उपचारको लागी आफ्नो जग्गा जमिन सबै धरौटीमा भएकोेले हालमा घर नभई झापामा आफ्नो आफन्तको घरमा बसिरहेका छन् ।

उपचार गर्ने क्रममा बिरामी घरबिहिन भइ अझै पनि उपचार गर्ने पैसाको अभाव रहेकोले दक्षिण कोरियाबाट कल्पना माबो लिम्बूको संयोजकत्वमा पन्ध्रदिने मिथुन बचाउ अभियान चलाई रकम संकलन गरेको हो ।

सहयोग जुटाएकी कल्पना माबोले भन्छिन् –“हामीले यो १५ दिने अभियानमा यति धेरै रकम संकलन गर्न सक्यौ र हामीलाई विश्वास गरी सहयोग गर्नुहुने सम्पूर्ण खुला मन र दयाका खानी भएका सहयोगी महानुभवहरु सबैलाई धेरै धेरै धन्यबाद दिन चाहन्छौ र आगामी दिनहरुमा फेरि पनि सहयोगको आशा गर्दछु ।”



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com