एजेन्सी

मुर्दा उठेर अचानक चितामा बसेपछि मान्छेहरुको भागाभाग
[2019-11-12 오후 6:03:00]

एजेन्सी। भारतको ओडिसामा एउटा अनौठो घटना भएको छ। ओडिसाको गंजाम जिल्लामा अन्तिम संस्कारका लागि लगिएको मुर्दा अचानक उठेर चितामा बसेको यो घटना अहिले भारतमा निकै चर्चामा आएको छ ।

शवलाई जलाउन गएकाहरु चाहिँ मुर्दा अचानक चलमलाउन थालेपछि भूत भन्दै डराएर भागेका थिए । तर, तत्काल त्यहाँ भएका कसैले एक चिकित्सकलाई खबर गरे । उनीहरुले मृत भनिएका ती व्यक्ति सीमान्चक मलिकलाई अस्पतालमा पुर्याए। अहिले ती व्यक्तिको स्वास्थ्य स्थीर भएको त्यहाँका चिकित्सकले भारतीय मिडियालाई बताएका छन् ।

शनिबार जंगलमा बाख्रा चराउन गएका मलिक आइतबारसम्म घर नआएपछि खोज्न गएका व्यक्तिहरुले उनी मृ त भएको भन्दै घाटमा पुर्याएका थिए । उनलाई ज्वरो आएका कारण उनी बेहोस भएको चिकित्सकहरुले बताएका छन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com