RSS

५ वटा खाली एसएसपीको पदमा २० जनाको दौड
[2019-11-12 오후 5:56:00]

नेपाल प्रहरीको ५ वटा खाली प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) को दौडमा २० जना प्रहरी उपरिक्षक (एसपी) लागि परेका छन् ।

नेपाल प्रहरीमा प्राबधिक एक सहित पाँच प्रहरी बरिष्ठ उपरिक्षक(एसएसपी) को दरबन्दी खाली छ । एसएसपीको एक पद भने बिगत ४ महिनादेखि खाली थियो ।

एसएसपी शरद खत्रीले साउनमा अवकाश पाएसँगै उक्त पद खाली भएको थियो । त्यस्तै तीन महिना अगाडि एसएसपी बिश्वराज पोखरेल डिआईजीमा बढुवा भएपछि दुई पद रिक्त भएको थियो । गत महिना थपिएको थप दुई दरबन्दी र प्राबिधिक तर्फको एक गरी पाँच पद रिक्त छन् ।

दुई पद रिक्त भएको तीन महिना पुरा भईसक्दा पनि नेपाल प्रहरीले बढुवाको फायल अगाडि बढाएको छैन । मंसिर महिनामा समेत एसएसपी दिलिप बस्नेत र वीरेन्द्र श्रेष्ठले अनिवार्य अवकाश पाउँने छन् । बस्नेत र श्रेष्ठ आईजीपी सर्वेन्द्र खनालका व्याची हुन् ।

उप निर्वाचनको आचारसंहिता लागु भएका कारण १४ मंसिरसम्म बढुवाको फायल अगाडि बढ्ने सम्भावना कम रहेको बताइएको छ ।

सर्वोच्च अदालतले केही महिना अगाडि रिक्त पदमा तीन महिनाभित्र पदपूर्ती गर्न नेपाल सरकार र नेपाल प्रहरीलाई परमादेश पनि दिएको थियो । बढुवामा दरबन्दी कम र प्रत्यासी बढी भएपछि बढुवामा सकस भएको हो ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com