अवैध चाँदी लिएर भुटानतर्फ जान लागेका राहदानी नम्बर ‘जि १२८९३२’ वाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जे त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्।
ड्रक एयरको उडानद्वारा अवैध रुपमा भन्सार छली लैजान लागेको २ किलो चाँदीसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्सरेमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट ९९९ लेखिएको विस्कुट आकारमा १४ वटा टुक्रामा रहेको उक्त परिमाणको चाँदी फेला परेको हो।
पक्राउ भुटानी नागरिकलाई बरामद गरिएको चाँदीसहित आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरणले जनाएको छ।
![]() |
कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न
नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....