Dambar Subba

ईन्छन एयरपोर्टमा मौसमी कामदारको रुपमा आएका ५ जना नेपाली अलपत्र
[2019-08-29 오후 7:08:00]

कोरियाको ख्यङगिदो प्रान्तको पोछन सिटिको अनुरोधमा कृषि क्षेत्रमा मौसमी कामदारको रुपमा आएका नेपाली कामदारहरु कोरिया आउने क्रममा भिसा रद्द भएपछि ईन्छन एयरपोर्ट भित्र ५ जना नेपालीहरु अलपत्र परेको कोरियाली समाचार पत्र न्युज फिमले जनाएको छ ।

पोछन सिटिका एक अधिकारीका अनुसार गत १३ तारिख कोरियाको ईन्छन एयरपोर्टका अध्यागमन विभागले नेपाली कामदारहरुको भिसा रद्द भएको भन्दै कोरिया प्रवेशमा रोक लगाएका थिए । पोछन सिटिको कृषि क्षेत्रमा ३ महिने भिसा C४ लगाई मौसमी कामदारको रुपमा १३ जना नेपाली कामदारहरु कोरिया आएका थिए । सो दिन आएका १३ जना नेपाली कामदारहरुको भिसा रद्द भई कोरिया छिर्न नदिए पछि ८ जना तुरुन्त आफनै खर्चमा नेपाल फर्कि सकेको छ भने ५ जना पोछन सिटिको कृषि क्षेत्रमा रोजगारी गर्न पाउनु पर्छ भन्दै नेपाल फर्कन अस्वीकार गरि रहेको छ ।

कोरियाको पोछन सिटि र नेपालको पंंचपुरी नगरपालिका बीच एमओयु सम्झौता कायम गरि १३ जना नेपालीहरुको सी४ भिसा लगाई मौसमी कामदारको रुपमा अप्रिल महिनामा कोरिया ल्याई साग सब्जी उत्पादन गर्ने फिनिल हाउसमा काम लगाउन योजना थियो । तर नेपाल सरकारले कोरिया जान लागेका ती नेपालीहरु किन जान लागेको भन्ने कारण स्पष्ट नभएको भन्दै श्रम स्वीकृती दिन अस्वीकार गर्दे लामो समय लगाए पछि पोछनसिटिले भिसा रद्द गरेको ती अधिकारीले बताए ।

कोरियाको ईन्छन एयरपोर्ट भित्र रहेका ५ जना नेपालीहरुले २ हप्ता भन्दा बढी कोरियामा प्रवेश गर्ने पाउन पर्नै माग राख्दै आएको छ । उनीहरुले कोरिया प्रवेश गर्ने पाउने भिसा छ, कोरियाको भिसा भएकोले प्लेनमा चढेको हो र भिसा रद्द भएको अग्रिम जानकारी नभई ईन्छन एयरपोर्टमा आएर मात्र थाहा भएकोले कोरियामा प्रवेश गर्नु पाउनु पर्नै माग राखैको छ । ती नेपालीहरुको ईन्छन एयरपोर्ट भित्रको बसाई लामो हुने अनुमान गरिएको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com