nepalikorea

सत्तारुढ सांसदले नै सोधे, ‘लोकसेवा आयोग संसद भन्दा ठूलो हो ?’
[2019-06-13 오후 6:41:00]

लोकसेवा आयोगको कर्मचारी भर्ना आह्वानको सूचनाप्रति सवत्र्र विरोध भइरहेका बेला सत्तारुढ दलका सांसदहरुले समेत आयोगको सूचनाप्रति आपत्ति जनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद विमला विश्वकर्माले लोकसेवा आयोगको विज्ञापन त्रुटीपूर्ण रहेको बताएकी छिन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा विश्वकर्माले संविधानको प्रस्तावनामै समानुपातिक समावेशी सहभागिताको आधारमा समाज निर्माण गर्ने लेखिएको भन्दै त्यसको प्रत्याभूति आयोगको विज्ञापनमा पनि हुनुपर्ने बताएकी छन् ।

उनले भनिन्, ‘गत जेठ १५ गते लोकसेवा आयोगले ९ हजार १६१ जना कर्मचारीको लागि विज्ञापन खोल्यो । तर संविधानको व्यवस्थाहरूलाई कार्यान्वयन गरेन । के नेपालमा लोकसेवा आयोग संसदभन्दा ठूलो हो ? के लोकसेवा आयोग सञ्चालन गर्ने ऐन, निर्देशिकाहरू संविधानभन्दा ठूलो हो ?’ उनले प्रश्न गरिन् ।

सांसद विश्वकर्माले थपिन् , ‘ह्वीलचियर प्रयोगकर्ता, दलित, थारु, मधेसी समुदाय आन्दोलित छन् । तर पनि विज्ञापन सच्याएर अर्को विज्ञापन खोल्ने तरखर देखिँदैन ।’

संसदको राज्य व्यवस्था समितिले पनि आयोगको विज्ञापनले संविधानको समावेशिताको मर्मलाई नसमेटेको जिकिर गर्दै विज्ञापन खारेज गर्न लोकसेवा आयोग र सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको थियो । सो निर्देशन अहिले आयोगको सचिवालयमा दर्ता भइसकेको छ ।

समितिको निर्णयबारे लोक सेवा आयोगले मुख खोलेको छ । बुधबार रिपोटर्स क्लब नेपालको कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता किरणराज शर्माले आयोगले निर्णय नगरेसम्म विज्ञापन प्रक्रिया नरोकिने बताएका छन् । उनले भने, ‘समितिको निर्देशन आयोगको सचिवालयमा दर्ता भइसकेको छ । प्रक्रिया अनुरूप छलफल गरेर आयोगले निर्णय गर्छ ।’



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com