nepalikorea

ओम अस्पतालमा पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु,अस्पतालमा तनाव उत्पन्न
[2019-06-13 오후 6:36:00]

चावहिलको ओम अस्पतालमा पत्थरीको शल्यक्रिया गर्ने क्रममा एक बिरामीको ज्यान गएको छ । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि अहिले ओम अस्पतालमा तनाव उत्पन्न भएको छ । पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्दा ५० वर्षीया रामप्यारी थापामगरको ज्यान गएको हो ।

उनको गएको शुक्रबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको जनाइएको छ । शल्यक्रियापछि स्वास्थ्यमा सुधार आउनुको सट्टा झन जटिल बन्दै गएपछि शल्यक्रिया गरेको दुई दिनपछि (गएको आइतबार) सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर मृत्यु भएको बिरामीका आफन्तहरुले आरोप लगाएका छन् ।

यसो भन्छन् मृत्तकका ज्वाइ खड्ग श्रेष्ठ
उहाँलाई बिहीबार पेट दुख्यो भनेपछि ओम अस्पतालमा स्वास्थ्य परीक्षणको लागि ल्याइएको थियो । अस्पतालको रिपोर्टमा पत्थरी भएको देखियो । शुक्रबार नै शल्यक्रिया गर्नुपर्छ भन्ने अस्पतालको सल्लाहपछि गएको शुक्रबार जेठ २४ गते शल्यक्रिया गरिएको थियो ।

त्यसपछि स्वास्थ्यमा सुधार आउनुको सट्टा शनिबार रामप्यारीको ब्लड पेसर लो भयो । उहाँलाई सास फेर्न कठिन भयो । त्यसपछि अस्पतालले सबै स्वास्थ्य परीक्षण गरियो र आइतबार सिटी स्क्यानसम्म गरियो । सिटी स्क्यानबाट पनि समस्या पत्ता नलागेपछि भिडियो एक्स–रे बाट निमोनिया हो कि भन्ने आशंका भयो । निमोनिया भएको भए निको हुन्छ भन्ने कुरामा हामी ढुक्क थियौं ।

पछि डाक्टरले आफन्तहरुलाई भित्र बोलाएर आन्द्रामा इन्जुरी रैछ भने । पत्थरीको शल्यक्रिया गरेको समयमा सानो आन्द्रा छेडे पनि नटाली पेटमा टाका लगाएको रहेछ । तुरुन्त शल्यक्रिया गर्नुपर्छ भनेपछि आइतबार फेरि शल्यक्रिया गरियो । शल्यक्रिया सकेपछि डा. रविन कोइरालाले डेढ मिटरभन्दा बढी आन्द्रा काम नलाग्ने भएको रहेछ, त्यो आन्द्रा मैले काटेर फालिदिए भने ।

अहिले आन्द्रा नपुगेको कारणले बिरामीको आन्द्रा जोड्ने समय पनि पाइनँ मलद्धारमा जाने आन्द्रा मैले पेटबाट बाहिर निकाली दिएको छु भनेर डा.कोइरालाले हामीलार्ई भने । त्यस लगतै आइतबार नै बिरामीलाई भेन्टिलेटरमा लगियो । सोमबार पनि अलि ठिक हुँदैछ । मंगलबार अलि स्वास्थ्यमा समस्या आयो भनेर भन्दा भन्दै आज बिहान ७ बज्न २ देखि ३ मिनेट बाँकी हुँदा बिरामीको मृत्यु भयो ।

उपचार गर्न ल्याएको रामप्यारीको यसरी निधन भएपछि अहिले ओम अस्पतालमा आफन्तको घुइँचो छ । अस्पताल परिसरमा प्रहरी खटाइएको छ । मृतक रामप्यारीको ज्वाई खड्ग श्रेष्ठ अहिलेसम्म पनि अस्पताल प्रशासनले आफूहरुसँग कुनै छलफल नगरेको बताएका छन् । अस्पतालबाट गल्ती भएको भन्ने कुराको कुनै प्रतिक्रिया नआएको उनी बताउँछन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com