nepalikorea

हङकङमा प्रदर्शनकारीमाथि रबरको गोली प्रहार
[2019-06-13 오후 6:06:00]

हङकङमा प्रस्तावित नयाँ सुपुर्दगी कानुनविरुद्धको प्रदर्शन हिंसात्मक बनेको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली र अश्रुग्यास प्रहार गरेको छ । हङकङमा दशकौंयता पहिलोपटक प्रदर्शनकारीमाथि रबरको गोली प्रहार भएको हो ।प्रस्तावित विधेयकमाथि छलफल हुनुअघिको प्रदर्शन हिंसात्मक बनेको हो ।

हङकङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान भएको विधेयकको विरोधमा हजारौं मानिस सडकका उत्रिएका हुन् उनीहरुले हङकङका मुख्य सडकहरु बन्द गरेका छन् भने सरकारी भवन घेरा हालेका छन् । प्रदर्शनकारीहरुले प्रहरीमाथिसमेत प्रहार गरेका छन् ।

प्रहरी कमिस्नर स्टेफन लो वाई चाङले प्रहरीसँगको झडपलाई दंगा भन्दै यो दन्डनीय हुने बताएका छन् ।

विधेयकले हङकङका नागरिकलाई मुद्दाको पुर्पक्षका लागि चिनियाँ मुख्य भूभागमा पठाउन सकिने व्यवस्था गरेकोमा हङकङका व्यवसायीहरूले पनि विरोध गरेका छन् ।विरोध हुँदाहुँदै पनि बेइजिङनिकट विधायन परिषद्ले पारित गर्ने अपेक्षा गरिएको छ ।

सुपुर्दगी विधेयकलाई लिएर सन् १९९७ मा बेलायतले हङकङ चीनलाई फिर्ता दिएपछिकै सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको छ । (एजेन्सी)



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com