nepalikorea

अमेरिकाको भर्जिनियामा अन्धाधुन्ध गाेली गोली चल्यो, ११ जनाको मृत्यु ६ घाइते
[2019-06-13 오후 6:36:00]

अमेरिका एक बन्दुकधारीले सरकारी भवनमा अन्धाधुन्ध गोली प्रहार गर्दा ११ जनाका मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।प्रहरीले भर्जिनिया पब्लिक युटिलिटीका ती कर्मचारीले अन्य कर्मचारीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको जनाएको छ ।प्रहरीको कारवाहीमा ती बन्दुकधारी मारिएको बताइएको छ । तर मारिने बन्दुकधारीको पहिचान भने खुलाइएको छैन ।प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि पनि फायर गरेपछि बन्दुकधारीलाई प्रहरीले गोली प्रहार गरेको थियो । सो क्रममा एक प्रहरी पनि घाइते भएका छन् ।

प्रहरीले बन्दुकधारीले एक्लैले सो काम गरेको हुनसक्ने जनाएको छ । तर बन्दुकधारीले के उद्देश्यले यस्तो काम गर्यो भनेर केही खुलेको छैन । प्रहरीले सरकारी भवनलाई घेरा हालेर बाँकी कर्मचारीलाई सुरक्षित रुपमा बाहिर निकालेको थियो ।यसैगरी भर्जिनिया बीचका मेयर बबी डायरले यस घटनालाई इतिहासकै सबैभन्दा डरलाग्दो दिन भनेका छन् ।अमेरिकी मिडियाहरुका अनुसार घटनास्थलमा एफबीआईको टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।गोलीबारीको घटनाको रेकर्ड राख्दै आएको अमेरिकी वेबसाइट गन भ्वाइलेन्सका अनुसार अमेरिकामा यसै वर्ष मास सुटिङको यो १५० औं घटना हो ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com