jhilko

सहमति उल्लंघन भए पार्टी एकता बिथोलिन सक्छः वामदेव गौतम
[2019-05-31 오후 5:43:00]

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले दुई अध्यक्षबीच नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन भए पार्टी एकता बिथोलिन सक्ने बताएका छन् ।

प्यूठानमा शुक्रबार प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व गृहमन्त्रीसमेत रहेका गौतमले जे सहमति भएको हो, त्यो कार्यान्वयन हुने र उल्लंघन गर्दा पार्टी एकता नै बिथोलिन सक्ने चेतावनी दिए ।

नेता गौतमले मिडिया काउन्सिल विधेयक, सार्वजनिक खरिद ऐनलगायतका थुप्रै ऐनहरु संशोधन तथा नयाँ कानुनहरु निर्माण गर्न आवश्यक रहेको नपनि बताए । भ्रष्टाचार नहोस् भनी बनाइएको सार्वजनिक खरिद ऐनले गैर कानुनी काम झन बढेको उनको दाबी छ ।

उनले बजेट जनपक्षीय भएको भन्दै कार्यान्वयन भएरै छाड्ने दाबी पनि गरे ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com