लेसन गुरुङ

सातौं रेसुङगा भलिबल कपको तयारी पुरा, टाईसिट सार्वजनिक
[2019-05-30]

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा यहि जून २ तारिख हुन लागिरहेको सातौं रेसुङगा कप भलिबल प्रतियोगिताको लागि टिम दर्ता र टाईसिट सार्वजनिक गत आईतबार सौलमा सम्पन्न भएको छ।साथै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ।

राष्ट्रको लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद,खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान,राष्ट्रिय खेल भलिबल बचाउ हाम्रो अभियान भन्ने मूल नारा सहित यो सिजनको दोश्रो प्रतियोगिता रेसुङ्गा कपमा कुल ९ टिमले सहभागिता जनाएको छ । जसमा आयोजक गुल्मी ए र बी,विश्वकर्मा समाज,थर्ड आईज थेसु,कालीगण्डकी ब्वाईज,म्याग्दी मोना,स्याङ्जा परिवार,सिहुङ्सी आनसान र बाग्लुङ समाज रहेका छन्।

प्रतियोगितामा प्रथम हुनेलाई १३ लाख कोरियन वन सहित ट्रफि, प्रमाण पत्र, द्धितिय हुनेलाई १० लाख कोरियन वन सहित ट्रफि, प्रमाण पत्र र तृतिय पुरस्कार २ टिमलाई ३ लाख ५० हजार वन प्रदान गरिने समितिका अध्यक्ष चन्द्र रानाले जानकारी दिनुभएको छ।यसै गरि प्रतियोगितामा भेट्रान्स खेल पनि हुने आयोजकले बताएको छ ।जसको लागि उक्त दिन बिहान ११ बजे सम्म खेल मैदानमा रहने अफिसियल डेक्समा टिम दर्ता गर्न सकिने बताएको छ।

विविध कारणवश पहिला निर्धारित स्थान रद्द हुन गएकोले प्रतियोगिता ख्याङ्गिदो पोछन सि मा हुने जानकारी आयोजकले जनाएको छ। विभिन्न स्वादिष्ट नेपाली परिकारहरुको स्टल समेत रहने उक्त प्रतियोगितामा उपस्थितिको लागि आयोजक गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले कोरियाबासी सम्पूर्ण खेलप्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा अनुरोध गरेको छ। खेल बिहान ९ बजे देखि शुरु हुने जनाएको छ।

खेलहुने स्थान-: 포천종합 운동장(경기 포천시 군내면 호국로 1518)

जानेतरिका-: लाइन नं 1 의정부 역बाट 138,72,138-5 नं बस चढेर 포천 고등학교 앞झरेर 2/3 मिनेट हिड्ने
Express bus-: 동서울,동송,수원,신철원,안산,와수,인천,춘천(pocheon terminal बाट 3000 वन)

सम्पर्क नं.
01075652051 चन्द्र राना 01065982152 गणेश पौडेल



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com