Dambar Subba

चुम्लुङले मे ५ मा १९ औ बार्षिक उत्सव मनाउने
[2019-04-25 오후 11:42:00]

कोरियामा परोपकारी तथा सामाजिक कार्यहरुमा क्रियाशिल संस्थाहरु मध्ये किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले यहि मे ५ तारिख सिओलको बुलग्वाङ दोङ स्थित रहेको प्रवासी मजदुर युनियन एमटियुको सभाहलमा कोरियामा चुम्लुङ स्थापना भएको १९ औ बार्षिक उत्सव भव्य रुपमा मनाउने तयारी भई रहेको चुम्लुङका अध्यक्ष सुन्दरदीप आङदेम्बेले जानकारी दिनु भएकौ छ ।

बार्षिक उत्सव कार्यक्रममा लिम्बु जातीहरुको लोक संस्कार सांस्कृतिक झल्कने च्याबरुङ नाच, हाकपारे पालम आदीहरु प्रस्तुत गरिनुको साथै स्थानिय कलाकार विवश पयाङगु, अपशन लिम्बु, युगल किशोर सेर्मा, सुदिप सेर्मा आदीकौ बेजोड प्रस्तृती रहने चुम्लुङका बरिष्ठ उपाध्यक्ष अग्नि मिराक लिम्बुले जानकारी दिनु भएको छ ।

हामी हाम्रो पहिचान र अस्तित्व लागी एक हौ भन्ने नारा सहितको सो कार्यक्रममा लिम्बुहरुको स्वादिष्ट परिकारहरु पनि निशुल्कमा व्यवस्था गरिएको आयोजक कमिटिले जानकारी दिनु भएको छ ।

कोरियावासी सम्पूर्ण लिम्बु तथा संघ संस्था लगायत विभिन्न पेशामा आवद्ध आम नेपाली दाजुु भाई एवम दिदी बहिनीहरुलाई कार्यक्रममा सहभागी भई नेपालीहरुकौ मौलिक संस्कार संस्कृतीको प्रचारप्रसार र प्रवर्दन गर्नमा सहयोग पुरयाउनका साथै कार्यक्रमको शोभा बढाई दिनु हुन हार्दिक अनुरोध गरिएको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com