Dambar Subba

वाउछङसा गुम्बामा बुद्ध जयन्ती भव्य रुपमा मनाउने तयारी,सहयोगीदाताहरुलाई सम्मान गरिने
[2019-04-25 오후 10:54:00]

कोरियाको ख्यङगिदो प्रान्तको योङईन सिटिमा रहेको पर्यटकिय गुम्बा वाउछङसामा बुद्ध जयन्ती भव्य रुपमा मनाउने तयारी भई रहेको छ । भगवान गौतम बुद्धको जन्म नेपालमा भएको हो भन्ने सन्देश विश्वभर फैलाउने उद्देश्यले कोरियामा रहेका नेपाली विभिन्न संघ संस्थाहरु लगायत विभिन्न पेशामा आवद्ध अन्दाजी ५ सय नेपालीहरुको सहयोगमा नेपाली सम्पर्क समिति संयोजन, नेपाल बौद्ध परिवारको सहकार्य र कोरियाका लागी नेपाली राजदूतावसको संरक्षकत्वमा नेपाल बुद्ध प्रतिमा स्थापना अभियान संचालन गरि गत बर्ष नेपाली गौतम बुद्धको मौलिकता झल्कने बुद्धको प्रतिमा स्थापना गरि सकेको छ ।

यहि मे १२ तारिख कोरियाको बुद्ध जयन्तीको अवसर पारी वाउछङसा गुम्बामा नेपाली गौतम बुद्धको मौलिकता झल्कने बुद्धको प्रतिमा स्थापना गरिएको बार्षिक उत्सव मनाउने उद्देश्यका साथ विभिन्न जातिय लोक संस्कृती झल्कने बाजागाजा र पोशाक सहित बुद्ध जयन्ती भव्य रुपमा मनाउने तयारीमा रहेको बुद्ध प्रतिमा स्थापना अभियान सचिवालय समितिकी संयोजक अन्जु केसीले बताउनु भयो ।

बुद्ध प्रतिमा स्थापना अभियान अन्र्तगतको केहि बचत रकम सहयोगीदाताहरुको नामालावी बोर्ड निर्माण,नेपालमा निर्माण गरिएकौ घण्टी, धुप बाल्ने भाडो र बुद्धको स्तूपा वरिपरी नेपालको हिमालय र लुम्बीनीको पोस्टरहरु राख्ने कार्य पनि यहि अप्रिल महिनाको अन्तमा समापन गर्ने योजना रहेको सचिवालय समितिले जानकारी दिएको छ ।

सोही दिन गरिमामय ऐतिहासिक बुद्ध प्रतिमा स्थापना अभियानमा ५ लाख भन्दा बढी सहयोग गर्ने सहयोगीदाताहरुलाई तामापत्रले सम्मान गर्ने भएको छ । बुद्ध प्रतिमा स्थापना अभियान सचिवालय समितिले अभियान संचालन गर्नै क्रममा सो घोषणा गरेको थियो ।

त्यस्तै सोही दिन बुद्ध प्रतिमा अभियान स्थापना सचिवालय समितिको विघटन गरि व्यवस्थापन समिति गठन गर्ने भएकौ सचिवालय समिति मार्फत जानकारी प्राप्त भएको छ ।

अन्दाजी बार्षिक ५ लाख विभिन्न राष्ट्रका पर्यटकहरु भ्रमण गर्नै ख्यङगिदो प्रान्तको योङईन सिटिमा रहेको पर्यटकिय गुम्बा वाउछङसामा भगवान गौतम बुद्धको जन्म नेपालमा भएको हो भारतमा होईन भन्नै सन्देश दिनको लागी कोरियावासी नेपाली राष्ट्रप्रेमी सम्पूर्ण नेपाली दाजुु भाई तथा दिदी बहिनीहरुमा सो बुद्ध जयन्तीमा सहभागी भई दिन हुन बुद्ध प्रतिमा स्थापना अभियान सचिवालय समिति द्धारा हार्दिक अनुरोध गरिएको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com