Dambar Subba

मृतक धु्रवको आर्थिक संकलन कार्य स्थगितको घोषणा, राजदूतावासको दायित्वहीन कार्य प्रति आक्रोश व्यक्त
[2019-04-18 오전 10:18:00]

कोरियाको छनान स्थित रहेको थान्गुक युनिभरसिटिमा ह्रदयघातको कारण गत १३ तारिख निधन हुनु भएका काठमाण्डौ निवासी ध्रुब भण्डारीको लास वेवारिसे हुने निश्चित भएपछि कोरियाको प्रवासी मजदुर संगठन एमटियु, एनआरएन कोरिया, एनसीसी लगायत विभिन्न संघ संस्थाले मृतकको पार्थिव शरीर नेपाल पठाउनको लागी चलाईएको मृतक धु्रव भण्डारी आपतकालिन सहयोग संकलन अभियान स्थगित गरेको घोषणा गरेको छ ।

मृतक धुब्र भण्डारीको आपतकालिन सहयोग संकलन अभियानका संयोजक एमटियुका अध्यक्ष उदय राईका अनुसार पछिल्ला समयमा संकलन भएको रकम अन्दाजी ६२ लाख वन अस्पतालमा बुझाउदै स्वास्थ्य उपचारमा लागेको खर्च मिनाहा गरि दिन आग्रह गरेपछि अस्पताल पक्षले भारी रकम मिनाहा गरिदिने भए पछि हाल सम्म उठेको रकमले अस्पताल खर्च पुग्ने भएकोले यो अभियान स्थगित गर्ने घोषणा गरेको बताउदै कोरियाका लागी नेपाली राजदूतावासले कुनै सहयोग नगरेको प्रति आक्रोश व्यक्त गर्नु भयो ।

त्यस्तै मृतक धु्रवको लास नेपाल पठाउन अहोरत्र खटि रहनु भएकी एनआरएन कोरियाका अध्यक्ष लक्ष्मी गुरुङले मृतक धु्रव ह्रदयघात भएपछि उपचारको क्रममा उठेको खर्चमा अस्पताल पक्षले भारी रकम मिनाहा गरिदिएकोले मृतकको लास अब नेपाल पठाउन सकिने भयो भन्दै कोरियाका लागी नेपाली राजदूतावले देखाएको व्यवहार प्रति अस्पताल पक्ष नै तीन छक्क परेको बताए ।

कोरियामा बसोबास गर्ने क्रममा नेपाली नागरिकलाई विभिन्न आई पर्ने समस्यामा कोरियाका लागी नेपाली राजदूतावासले कुनै चासो राखेको पाईन्दैन । मृतक धुब्र भण्डारीको आपतकालिन सहयोग संकलन अभियानमा कोरियाबासी अन्दाजी ४ सय भन्दा बढी नेपालीहरुले स्वेच्छाले आर्थिक सहयोग गरेका छ । रोजगारीको सिलसिला विगत ८ बर्ष देखि मृतक धु्रवको भिसा नभएकोले अस्पतालमा स्वास्थय उपचारको क्रममा खर्च अन्दाजी २ करोड ६८ लाख ५२ हजार ५ सय ३८ वन उठेको थियो ।




Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com