Dambar Subba

जनजाती महासंघ कोरियाको अधिवेशन विवादीत रुपमा सम्पन्न, चुम्लुङले अधिवेशन बहिष्कार
[2019-04-08 오후 11:05:00]

दक्षिण कोरियोको राजधानी सिओलको दोङम्यो आफ स्थित रहेको नेपाल हाउसमा नेपाल आदीवासी जनजाती महासंघको विषेश अधिवेशन विवादीत रुपमा सम्पन्न भएको छ । निवर्तमान कावा अध्यक्ष मल्लिका थकालीकौ सभातित्व आयोजित विशेष अधिवेशनको प्रमुख अतिथीमा एनआरआएन कोरियाका अध्यक्ष लक्ष्मी गुरुङ रहनु भएको थियो ।

अधिवेशनमा निवर्तमान गजैन्द्र शेर्मालै स्वागत मन्तव्य दिए लगतै सहभागी कोरियाका १० वटा जनजाती संस्थाका अध्यक्षहरुले मन्तव्यको क्रममा महासंघको विषेश अधिवेशन हुनु भनेको नै जनजातीहरुको हक अधिकार र पहिचानको मुद्धाहरुमा पदाधिकारीहरु बीच वैचारिक सैद्धान्तीक एकतामा कमि कम्जोरी देखिएको, पदाधकारीहरु बीच पदीय अवसरको निती देखाएकोले महासंघको अस्त्वि नै धरासायीमा पर्ने गई रहैकौ बताउदै ईच्छाशीक्त भएका योग्य व्यक्तिलाई चुनावी प्रक्रियामा नगई सर्वसहमतीबाट जानु पर्नैमा जौड दिएका थिए ।

महासंघ कोषाध्यक्ष अग्नि पन्थाक मिराकले आर्थिक प्रतिवेदन पेश गरे लगतै सभाहलमा सहभागी विभिन्न संस्थाका पदाधिकारीहरुले विरोधका साथै आक्रोश व्यक्त गरेका थिए । आर्थिक प्रतिवेदनमा आयभन्दा व्ययको विवरण बढी उल्लेखीत रहेको थियो । आर्थिक प्रतिवेदनमा २०१७ सालको नोभेम्बरबाट हाल सम्म आयको विभिन्न विषयमा कुल जम्मा रकम ८०४६१०० वन रहेको छ भने व्ययको विवरणमा कुल रकम ८७४७३२० वन रहेको छ।आर्थिक प्रतिवेदन अनुसार महासंघ ७०१२२० वन घाटामा गएको देखिन्छ ।

आर्थिक प्रतिवेदनमा महासंघको कावा अध्यक्ष देखि कोषाध्यक्ष सम्मका पदाधिकारीहरुले आर्थिक कोषको रकम निती नियम नै लागु नगरि व्यक्तिगत रुप मनपरी तरिकोले खर्च गरिको देखिन्छ ।

महासंघको पदाधिकारीहरुको खर्चकौ विवरणमा एकमुष्ट रुपमा उल्लेख गरे अनुसार कावा अध्यक्ष मल्लिका थकालीले १९०२००० वन, वरिष्ठ उपाध्यक्ष गजेन्द्र सेर्माले २३५००० वन, महासचिव केशव दर्लामीले १०६००० वन, सचिव युगल तेन्डुप शेर्पाले ६१७००० वन, कोषाध्यक्ष अग्नि पन्थाक मिराकले २८७४६०० वन रहेको छ ।

त्यस्तै २४ औ आदीवासी दिवस मनाउदा आर्थिक सहयोग गर्ने बाचा गरिएका संस्थागत तथा व्यक्ति रुपमा उठनु पर्ने रमकमा आदीवासी जनजाती महासंघ बुसान शाखाबाट ५१ हजार वन र एनआरएन पेशिफिक महिला संयोजक तथा व्यवसायी जुनु गुरुङबाट ५१ हजार वन प्राप्त नभएको उल्लेख छ

महासंघको बन्द सत्रमा अध्यक्ष पदको लागी उम्मेदवारी ३ जनाले दिएका थिए । अध्यक्ष पदको लागी उम्मेदवारी दिनेहरुमा मल्लिका थकाली, गजेन्द्र शेर्मा र युगल तेन्डुव शेर्पा थिए । सभाहलमा अध्यक्ष पदका प्रत्यासी उम्मेदवारहरुलाई चुनावी प्रक्रियामा नगई सर्वसहमतीमा लाने प्रयास गर्दा पनि अध्यक्ष पदका ३ नै जना उम्मेदवारहरुले आफनो अडिग नछाडे पछि किरात राई यायोक्खा, नेपाल मगर संघ, नेपाल तामाङ लगायत केहि जातिय संस्थाका अध्यक्षहरुले छलफल गरि मल्लिका थकालीलाई अध्यक्ष पदको लागी अयोग्य ठहर गर्दे निर्वाचन मण्डल लयायत स्वंम उम्मेदवार थकालीलाई उम्मेदवारी फिर्ता लिन दवाव दिएका थिए ।

तर सहमतीमा आउन नसके पछि अध्यक्ष पदका दुवै उम्मेदवार सेर्मा र शेर्पालाई पत्रकारले दुवै उम्मेदवारलाई तपाई अध्यक्ष पदमा उम्मेदवारी दिनुको कारण के हो भनी सोधिएको प्रश्नमा सेर्माले "महासंघको स्थापना काल देखि नै वरियताको आधारमा अध्यक्ष मनोनित गरिदै आएको छ । कोरियामा जातिय संस्था मध्ये सक्रिय संस्था चुम्लुङले महासंघमा धेरै योगदान पनि दिएको छ । अहिले वरिष्ठ उपाध्यक्ष पदमा रहेको व्यक्ति सचिवको मुनी बस्नु पनि मर्यादाले नमिल्ने, शर्पा जीलाई बरिष्ठ उपाध्यक्ष वा अन्य मर्यादित पदमा बस्नु होस भन्दा अस्विकार गरेको" बताउनु भयो ।

त्यस्तै शेर्पाले "मेरो कोरियाको बसाई ३ बर्ष छ । सेर्मा जीको कार्यकाल ४ बर्ष छ । मलाई साथीहरुले पनि जसरी पनि अध्यक्ष पदको लागी तपाई आउनु पर्छ भनेर दवाद दिई रहेको हुनाले यस पल्ट मलाई छोडी दिएर वहां सल्लाहकार समितिको प्रमुखमा बस्नु होस भन्दा नमानेको" बताउनु भयो ।

अन्तमा महासंघको स्थापना काल देखि नै अध्यक्ष पदको लागी मनोनित गर्ने चली आएको सिस्टम र मर्यादालाई मिच्दै चुनावी प्रक्रियामा नै जाने भएपछि किरात याक्थुङ चुम्लुङले आफनो संस्थाबाट उम्मेदवारीको लागी गरिएको प्रस्ताव फिर्ता लिई अधिवेशन नै बहिष्कार गर्ने घोषणा गरेका थिए ।

चुम्लुङ कोरियाले अधिवेशन बहिष्कार गरेपछि महासंघ कोरिया शाखाको १५ सदस्यीय नयां कार्य समिति गठन भएको छ । जुन निम्न प्रकार रहेको छ ।

अध्यक्ष : युगल तोन्डु शेर्पा
बरिष्ठ : उपाध्यक्ष वाईबी मगर
उपाध्यक्ष : सोम वाईबा
उपाध्यक्ष : राजेश चौधरी
महासचिव : गोविन्द राई
सचिव : मनोज राई
कोषाध्यक्ष : एक बहादुर गुरुङ
सदस्यहरुमा क्रमश
आङ सोनाम शेर्पा,
राज कुमार राई,
किशु थापा मगर,
सगुन भटटचन,
श्री प्रसाद श्रैष्ठ,
मान कुमार चौधरी,
डोल्मा ओमु ह्ल्मो
तुल बहादुर मगर





Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com