nepalikorea

कोरियामा नायिका लक्ष्मीलाई सम्मान
[2019-02-10 오후 5:26:00]

दक्षिण कोरियामा लिम्बु चलचित्र के साङलाको प्रर्दशनीमा सहभागी जनाउन आउनु भएकी नायिका तथा गायिका लक्ष्मी योङहाङलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ । आज दक्षिण कोरियाको राजधानी सिओल तोङदेमुन स्थित रहेको नेपाली थाई रेष्टुरेन्टमा विदाई तथा सम्मान कार्यक्रमको आयोजना गरि किरात याक्थुङ चुम्लुङ अन्र्तगतको सिरीजङगा ईन्टरटेन्टमेन्ट दक्षिण कोरियाले सम्मान गरेको हो ।

सिरीजङगा ईन्टरटेन्टमेन्टका अध्यक्ष दिवस पङयाङगुको सभापतित्वमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथी पूर्वान्चल सरोकार समाजका अध्यक्ष अमृत राई रहनु भएको थियो । कार्यक्रममा ईन्टरटेन्टमेन्टका वरिष्ठ उपाध्यक्ष सपना सेलिङ,संरक्षक कल्पना माबो लगायत अन्य सहभागीहरुले नायिका तथा गायिका लक्ष्मीको आगामी दिनहरु थप प्रगतीको कामना गर्दे खादा ओडाई सम्मान गर्नु भएको थियो । प्रमुख अतिथी समाजका अध्यक्ष राईले ईन्टरटेन्टमेन्टको तर्फबाट प्रदान गरिएको सम्मान पत्र नायिका तथा गायिका लक्ष्मीलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी पूर्वान्चल सरोकार समाजका अध्यक्ष राईले नेपाली कला र संस्कृतीहरुलाई विदेशी भुमीमा भित्राउनु पर्ने आवश्यता रहेको बताउदै नायिका लक्ष्मीलाई लिम्बु चलचित्रमा मात्र नभई नेपाली चलचित्र जगतमा पनि आफनो प्रतिभा जमाउन सफल रहोस भन्ने मन्तव्य राख्नु भएको थियो ।

त्यस्तै वरिष्ठ पत्रकार तथा चुलो नेपाली तथा ईन्डीयन रेष्टुरेष्टका संचालक डम्बर सुब्बाले नायिका लक्ष्मीलाई आगामी दिनहरु थप सफलताको कामना सहित चुलो रेष्टुरेन्टको तर्फबाट सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com