Nepalikorea

नेपाली जनप्रगतिशिल मोर्चाले गर्यो पदाधिकारी हेरफेर
[2019-02-06 오후 8:33:00]

नेपाली जनप्रगतिशिल मोर्चाले गर्यो पदाधिकारी हेरफेर / नेपाल कम्युनिस्ट पार्टी ( विप्लव ) निकट प्रवास संगठन दक्षिण कोरियाले पदाधिकारीमा हेरफेर गरेको छ ।

सच्चा कम्युनिस्ट हरुको एकता नै अहिलेको अपरिहार्य आवस्यकता बोध गर्दै नेपालको इतिहास देखी वर्तमानसम्मको ब्यक्ति र सरकार असफल नभै नेपाली मुलुकको सापेक्षतामा ब्यवस्था नै खराव र असफल सिद्ध भएकोले संसदीय ब्यवस्थाको अन्त्य गरि एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजबादको व्यवस्थाले नै नेपालको बिकास समृद्धि र आमुल परिवर्तन गर्न सक्ने मान्यतामा अडिग रहदै प्रवास संगठन दक्षिण कोरियाको पार्टी संगठनलाइ थप मजबुत स्थापित र उचाइमा पुर्याउने उदेश्यका साथ क्षमता योग्यता अनुभव र सक्रियताको आधारमा पदाधिकारी हेरफेर गरेको जनाइएको छ ।

पदाधिकारी मध्यका केहि पदाधिकारीहरु कोरियाको बसाइ अबधि सकिएर नेपाल फर्किसकेको अवस्था र केहि आफ्नै कार्यव्यस्तताको कारण सक्रिय भुमिका निर्वाह गर्न नसकेकोले पदाधिकारी हेरफेर गरेको सोहि संगठनका अध्यक्ष आदर्श मगरले जनाएका छन । उक्त संगठनको उपाध्यक्षमा प्रकाश चन्द्र रतलालाइ नियुक्त गरिएको छ भने महासचिवमा आर के बस्नेतलाइ नियुक्त गरिएको छ ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com