nepalikorea

योङईनमा सेल्टर स्थापना तथा व्यवस्थापन सम्बन्धी जम्बो संयोजन समिति गठन
[2019-01-27 오후 4:59:00]

कोरियाको ख्यङगिदो प्रान्तको योङईन सिटिमा विभिन्न पेशामा आवद्ध क्रियाशील, सिर्जनशील नेपालीहरु युवाहरुको एक भेलाले वरिष्ठ पत्रकार डम्बर सुब्बाको संयोजकत्वमा सेल्टर स्थापना तथा व्यवस्थापन र एक आपसमा सहयोगको आदान प्रदान गर्ने उद्देश्यले जम्बो संयोजन समिति गठन गरेको छ । हिजो योङईन सिटिको चुलो रेष्टुरेन्टमा भएको नेपालीहरुको बृहत भेलाले छलफल गरि योङईनसिटिमा नैपालीहरुको एउटा संस्था स्थापना गरि नैपालीहरुको लागी आपतविपत आई परैको बेला सेल्टरको अपरिहार्य आवश्यकताकौ महसुस गर्दे नैपालीहरलाई आईपर्नै विभिन्न समस्याहरु ह्ल गर्नै गरि सर्वसहमतीमा वरिष्ठ पत्रकार सुब्बाको संयौजकत्कमा २७ सदस्यीय संयोजन समिति गठन गरेको छ ।

सदस्यहरु ओम कुमार श्रेष्ठ,सन्तोष दहाल,रामहरी न्यौपाने, नारायण बहादुर कार्की,बाबुराम आर्चाय,शरबन लामा, लिला बहादुर केसी, माधव अर्याल, राम लावती,चक्रमणी आर्चाय, सुर्य अर्याल, राजु पंगैनी, निसान तामाङ, सिजन राई, कमल राई, चिरण काउचा मगर, ईन्द्र नेपाल, दिनेश लिम्बु, मनोज मगर, लक्ष्मण अधिकारी अनिल अर्याल, दिनेश थजाली मगर, दिपेन्द्र खडका, रोहित लिम्बु, राम काफले, ओम प्रकाश पाठकलाई मनोनय गरिएको छ ।

त्यस्तै आगामी फेब्रुअरीको तेस्रो हप्ता योङईनसिटिमा नेपालीहरुको संस्थालाई स्थायित्व प्रदान गर्नको निम्ति योङईनसिटि भित्र पर्नै स्थानको आधारमा जिम्मेवारी तोकी सहसंयोजन टोली पनि मनोनय गरिएको छ । जसमा छोबुरीमा ओम श्रेष्ठ, खुमरीमा सुर्य अर्याल, फेगाममा निशान तामाङ, छन्देरीमा दिनेश थजाली मगर, युरीमदोङमा नारायण कार्की, सरीमा रोहित लिम्बु, याङजीमा ओम प्रकाश पाठक र एभरलेण्डमा राम काफलेलाई सहसंयोजकमा मनोनय गरेको छ ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com