nk

नेपाल कम्युनिस्टमा पार्टी सम्पत्ति विवरण मागेपछि ठूलो विवाद
[2018-09-11 오후 6:25:00]

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयले पदाधिकारी र केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरण मागेपछि ठूलो विवाद उत्पन्न भएको छ ।नेकपाको अनुशासन आयोग गठन नहुँदै सम्पत्ति विवरण मागिएको भन्दै नेताहरूले आपत्ति जनाएका हुन् ।

भदौ मसान्तभित्र सम्पत्ति विवरण बुझाउन केन्द्रीय कार्यालयले दस दिनअघि पत्राचार गरेको थियो ।
सम्पत्ति विवरण फारममा नगद, घर जग्गा, सुन, चाँदी, बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा गरेको रकम, ऋण, धितोपत्र, सेयर लगायत सबै उल्लेख गर्न निर्देशन दिइएको थियो ।

आयोग नेतृत्वलाई नसोधेर पत्राचार गरेको नेताहरूको आरोप छ । सम्पत्ति विवरण माग्ने कार्य पार्टीको विधान विपरित भएको नेकपाका एक नेताले बताए ।

पूर्वएमाले र पूर्वमाओवादी केन्द्र मिलेर बनेको ‘नेकपा’मा ४ सय ४० सदस्यीय केन्द्रीय समिति बनेको छ । जेठ ३ गते पार्टी एकता भए पनि अनुशासन आयोग बन्न सकेको छैन ।

नेकपाका नेताहरूले सम्पत्ति विवरण बुझाउन आनाकानी गरेपछि कार्यकर्ताहरूले प्रश्न उठाएका छन् ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com