Dambar Subba

खोटाङ हलेसी सांगितीक सौगात कार्यक्रमको प्रचारप्रसारलाई तीब्र बनाउदै
[2018-09-10 오후 10:31:00]

खोटाङ सेवा समाज दक्षिण कोरियाले कोरियाको महान पर्व छुसकको अवसरमा यहि सेक्टेम्बर २४ तारिख सोमबारको दिन आयोजना गर्न लागेको खोटाङ हलेसी सांगितीक सौगात भाग ४ कार्यक्रमको प्रचार प्रसारलाई तीब्र पारेको छ । कोरियाको विभिन्न क्षेत्रमा प्रचार प्रसारलाई व्यापक बनाउदै हिजो सिओलमा भएको गुल्मी सम्पर्क समिति द.कोरिया द्धारा आयोजित तीजको कार्यक्रममा पनि सहभागी जनाउदै प्रचारप्रसार गरेका थिए ।

कोरियामा नेपालको पूर्वान्चल क्षेत्रका विभिन्न क्षेत्रीय १६ वटा संघ संस्थाको छाता संस्था पूर्वान्चल सरोकार मन्च दक्षिण कोरियाको सहकार्यमा आपतकालिन राहत कोष स्थापनार्थ खोटाङ हलेसी सांगितीक सौगात भाग ४ कार्यक्रम गर्न लागेको हो ।

खोटाङ हलेसी सांगितीक सौगात भाग ४ कार्यक्रम मार्फत कोरियावासी नेपालीहरुलाई मनोरन्जन दिन नेपालबाट ९ जना सुप्रसिद्ध ख्यातीप्राप्त कलाकारहरु आउने भएको छ । उक्त कार्यक्रममा नेपालबाट स्वर सम्राट सुप्रसिद्ध गायक राजेश पायल राई, सुप्रसिद्ध गायिका अन्जु पन्त, युवाहरुको ढुकढकी –यापर लाहुरे, नायिका तथा हट डान्सर एलिशा राई, नयां उदयमान गायक भीम लिम्बु,, गायिका दिपा लामा, गायिका मिना राई, गायिका मनिता राई र हांस्यकलाकार राई बुढा पवन राई आउने भएको छ ।

सिओलको राजधानी सिओल स्थित लिटिल नेपाल भनेर चिनिने तोङदेमुनबाट १ स्टेशनको दुरीमा रहेको फेक्चुन्यन किन्यमग्वान हलमा हुन गई रहेको खोटाङ हलेसी सांगितीक सौगात भाग ४ कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भव्य र सभ्य बनाई दिनु हुन कोरियाबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई आयोजक कमिटिले हार्दिक अनुरोध गर्नु भएको छ ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com