nepalikorea

कोरियामा एक दिने आधारभूत समाचार लेखन तालिम कार्यक्रम सम्पन्न
[2018-09-10 오후 9:39:00]

कोरियाको राजधानी सिओलको सुङईन दोङ स्थित रहेको कोरिया माईग्रेन्ट महिला मानवअधिकार सेन्टरमा हिजो सेक्टेम्बर ९ तारिख आईतबारको दिन एक दिने आधारभूत समाचार लेखन तालिम कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रम नेपाल आदीवासी जनजाती पत्रकार महासंघ फोनिज र तामाङ पत्रकार संघ दक्षिण कोरियाको संयुक्त आयोजनामा भएको थियो ।

कार्यक्रममा कोरियामा विभिन्न पेशामा आबद्ध नेपालीहरुको बृहत सहभागीता रहेको थियो । आयोजकले तोकिएको संख्या भन्दा बढी मात्रामा उत्सुकताका साथ सहभागी जनाएकोले बस्ने स्थान त्यती सहज नभएता पनि कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको थियो ।

एक दिने आधारभूत समाचार लेखन तालिम कार्यक्रममा समाचार के हुन्छ ? समाचारमा भाषाको विषयमा कार्यक्रमका संयोजक तथा फोनिज कोरियाका अध्यक्ष गोकुल थोकरले प्रशिक्षण दिनु भएको थियो ।

त्यस्तै न्युज डेक्सको अनुभव र फिचर राईटिङको बारेमा फोनिज कोरियाका सम्पादक बाला राईले प्रशिक्षण दिनु भएको थियो ।

कोरियामा नेपाली मिडियाको विषयमा नेपाली कारिया डटकमका प्रधान सम्पादक तथा एमडब्लु टिभीका नेपाली विभाग प्रमुख एवम वरिष्ट पत्रकार डम्बर सुब्बाले प्रशिक्षण दिनु भएको थियो ।

त्यस्तै न्युज मिडियाको बारेमा सिमा लामा र रेश्मा राईले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रमको अन्तमा प्रशिक्षण कार्यक्रममा सहभागी जनाउने प्रशिक्षणार्थीहरुलाई नेपाल आदीवासी जनजाती महासंघ द.कोरियाका कार्यवाहक अध्यक्ष मल्लिाका थकाली,नेपाल तामाङ संघ द.कोरियाका अध्यक्ष मेघ प्रसाद वाईवा र फोनिज कोरियाका अध्यक्ष गोकुल थोकरले संयुक्त रुपमा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com