Dambar Subba

एक नेपालीको सडक दुर्रघटनामा मृत्यु
[2018-09-10 오후 10:33:00]

कोरियाको राजधानी सिओल देखि अन्दाजी ५० किमीको दुरीमा रहेको शहर किम्पोमा गत ८ तारिख शनिबार बेलुकीको अन्दाजी ७ :४० तीर एक नेपालीको सडक दुरघटना परि अस्पताल लाने क्रममा मृत्यु भएको पत्रकार तथा समाजसेवी उमेश बस्नेतले जानकारी दिनु भएको छ ।

मृत्यु भएका नेपाली ईपीएस मार्फत दोस्रो पल्ट २०१५ सालको सेक्टेम्बरमा कोरिया आई किम्पोको एयरकन्डीसन निर्माण गर्ने एक कम्पनीमा कार्यरत नेपालको भगवाना १ पर्सा निवासी ओम प्रकाश प्रसाद चौधरी रहेको समाजसेवी बस्नेतले जानकरी दिनु भएको छ ।

पत्रकार तथा समाजसेवी बस्नेतका अनुसार मृतक चौधरीले सो दिन बेलुकी पख साईकल चलाई रहेको अवस्थामा उजबेगीस्थानका नागरिकले चलाएको गाडीले ओभरटेक गर्दे साईकललाई ठक्कर दिएर चौधरी गम्भीर घाईते भएका थिए । घाईते चौधरीलाई नजिकको स्नानिय अस्पतालमा लगेका थिए । तर घाईते चौधरीको अवस्था अत्यन्तै गम्भीर भएकोले अस्पतालले उपचार गर्न नसक्ने भनेपछि हेलीकोप्टर बोलाएर ख्यङगिदोको आजु युनिभरसिटि अस्पतालमा रिफर गरि दिएका थिए । तर आजु युनिभरसिटि अस्पताल पुगेका चौधरीलाई डाक्टरले मृत घोषित गरेका थिए ।

मृतक चौधरीको नेपालमा एक छोरा र एक छोरी भएको थाहा भएको छ ।

नेपाली राजदूतावासबाट श्रमसहचारी डिल्ली राम बास्तोला, थारु कल्याणकारी सभा कोरियाका पदाधिकारी लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुले सोमबार मृतकको कम्पनीका साहु र स्थानिय प्रहरीलाई भेटघाट गरि घटना तथा क्षतिपूर्तीको विषयमा जानकारी लिएका थिए ।


थारु कल्याणकारी सभा दक्षिण कोरियाका अध्यक्ष शिव चौधरीले मृतकको लाशलाई नेपाली राजदूतावासको सहकार्यमा शुक्रबार नेपाल पठाउने योजना रहेको बताउनु भयो ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com