nepalikorea

कोरियामा कमाएको उत्पादमुलक क्षेत्रमा लागानी गर्नुस : कांग्रेस नेता पौंडेल
[2018-09-02 오후 11:32:00]

नेपाली काग्रेसका युवा नेता प्रदीप पौडलले कोरियामा रहेका नेपालीहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आव्हान गरेका छन । दक्षिण कोरियाको राजधानी सोलमा आज नेपाली कांग्रस समर्थित नेपाली जनसम्पर्क समिति कोरियाले गरेको अन्तरक्रिया कार्यक्रममा बौल्दै केन्दीय सदस्य समेत रहेका पौंडेलले उत्पादमुलक क्षेत्रमा लागानी गर्दा त्यसले रोजगारी सिर्जना गर्ने र त्यसले लगानी गर्ने वातावरण बन्ने बताएका हुन ।

“संघिय संरचना र समृद्ध राष्ट्र निर्माणमा नेपाली कांग्रेसको भूमिका ” विषयक सो वृहत अन्तरकृयामा उनले नेपालीको संघियता सफल भए मात्र संविधान सफल हुनेमा जोड दिएका छन । नेता पौडेलले भने “नागरिकता दिएर मात्र राज्यको दायित्व पुरा हुदैन ,पैसा हुनेले मात्र गुणस्तरीय शिक्षा पाउने,गरिवले विरामी हुदा उपचार गर्न नसक्ने अवस्था हुनुहुदैन । ” दलहरु राज्यको अंग भएको कुरामा जोड दिदैं उनले ओली सरकारले काम नगर्दा त्यसको अपजस सबै नेताले बोक्नुपर्ने अवस्था भएको विचार व्यक्त गरेका छन । उनले प्रशासनिक खर्च घटाउनु, करको व्यवस्थापन गर्ने, उधमशिलता लाई प्रोत्साहन गर्ने र चन्दा संकलन बन्द गरेमात्र त्यसले संघियता र राज्यलाई बलियो बनाउने बताएका छन ।

नेपाली कामदारहरुले खाडी लगायत राष्ट्रमा अन्तरष्ट्रिय मापदण्ड विपरित काम गरिहेका हुदा कोरिया आए जस्तो जिटुजी सम्झौता आवश्यक रहेको जोड दिदै उनले भने “नेपाली जहाँ रहे पनि भोटिङ राईट पाउनुपर्छ ।

यसैगरी सो कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा बोल्दै पूर्व उधोगतथा आपूर्ति मन्त्री तथा सांसद मिन विश्वकर्माले अहिलेको सरकारले संविधानलाई एक पछि अर्को गर्दै मिच्दै गएको बताएका छन । उनले देश विकासमा निजी क्षेत्रलाई अगाडि ल्याउनु राम्रो भएको भन्दै कांग्रेसले सरकारी कम्पनीहरु बन्द नगरेको नभई देशले घाटा व्यहोरिरहेको कम्पनी निजीकरण गरेको प्रष्ट पारेका छन । उनले देशमा सहि कार्यनीति बनाउन नसक्दा कोरियाले निजगढ अन्तराष्ट्रिय विमान स्थल बनाउछु भन्दा दिन नसकेको बताएका छन ।

यसैगरी सो कार्यक्रममा प्रवासी नेपाली मञ्च दक्षिण कोरियाका अध्यक्ष परशुराम सापकोटाले राजनीतिमा लागेका युवाहरु मिलेर किन काम गर्न नसकेको भनि प्रतिप्रश्न गरे ।रातो पासपोर्टमा सरकारी प्रयोजनको लागि मात्र प्रयोग गर्ने भनेर सरकारले ल्याएको विधेयकमा कांग्रेस नेताले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न पाउनु पर्ने भन्ने संसोधन प्रस्तावको औचित्य, कर व्यवस्थापन र स्थानीय तहको संचालनमा कांग्रेसको धारणा माग गरेका थिए । अर्का वक्ता जन प्रगतिशिल मञ्च कोरियाका अध्यक्ष खगेन्द्र बुढा मगरले नेपाली कांग्रेसले प्रतिपक्षको भुमिका समेत निभाउन नसकेको बताए । उनले प्रतिपक्षलाई राम्रो काममा सहयोग गर्न र नराम्रो काममा विरोध गर्न सुझाव दिए । एक कोरिया प्रसंग झिक्दै मगरले राजदुत राजनीतिक कार्यक्रममा नआउनु राम्रो नभएको बताए । राजदुतलाई कसैलाई काखा कसैलाई पाखा गर्न नहुने भन्दै उनले भने “राजनीतिक नियुक्तिमा राजदुत बन्न हुने राजनीतिक कार्यक्रममा भाग लिन किन नहुने ?“

यस्तै अर्का वक्ता संघिय समाजबादी फोरमका उपाध्यक्ष धिरज(डिवि)गुरुंग ले जनजाती र मधेश आन्दोलनले उठाएका मागहरुलाई संघियता मार्फत स्थापित गरिएको बताए । संघियताले पिछडिएको वर्ग र उत्पीडितको परेको व्यक्तिलाई न्याय दिनुपर्ने उनको भनाई थियो ।

यसैगरी नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष खेम कार्कीले कोरियामा गरिने यस्ता अन्तरक्रियाको सहि सदुपयोग गर्नुपर्ने बताए । उनले राजनीतिक पार्टीहरुले कोरियामा सामाजिक काम पनि गरेको भन्दै समाजलाई सफा गर्न पनि राजनीतिक पार्टीको भूमिका महत्वपूर्ण हुने बताए । एन आर एन अध्यक्ष लक्ष्मी गुंरुगले विदेशमा बस्ने नेपालीले नेपाललाई धेरै माया गर्ने भन्दै नेपालीको नोट चल्ने तर भोट नचल्ने अवस्था हुन नहुने बताए । उनले लगानीको सहि वातावरण हुनेपर्नेमा जोड दिए ।
,
एन सी सी कोरियाका उपाध्यक्ष श्री श्रेष्ठ, जनजाती महासंघ कोरियाका का.अध्यक्ष मल्लिका थकाली , एन आर एन एसिया प्यासिफिक महिला सह सयाेंजक जुनु गुरुग, लगायतले मन्तब्य राखेका थिए । जनसम्पर्क समिति कोरियाका उपसभापति जितेन्द्र मेहताले स्वागत मन्तब्य राखेको सो कार्यक्रम जन सम्पर्क समिति दक्षिण कोरियाका सभापति आस्था विन्दु मल्लको सभापतित्वमा भएको हो ।

यसै कार्यक्रम विच जनसम्पर्क समितिको अहिलेको कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गरिनुको साथै अधिवेशन सफल पार्न सहयोग गर्नुहुने स्वयंसेवकहरुलाई सबैलाई सम्मान गरिएको छ ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com