nk

बोक्सीको आरोपमा निर्घात कुट्पिट र गाउँ निकाला
[2018-08-13 오전 11:24:00]

साउन २१ गतेका दिन गोरखाको कासिगाउँका कालि गुरुङका परिवार गाउँ निकाला भएका छन् । उनिहरुलाई बोक्सीको आरोपमा गाउँलेले गाउँ निकाला गरेका हुन । कासी गुरुङको परिवारलाई गाउँलेले निर्घात कुटपिट गरेपछि उनिहरु साउन २२ गते बेलुका गोरखा सदरमुकाम आईपुगेका हुन ।

उनिहरुको परिवारमा काली गुरुङ , छोरी मिना कुमारी गुरुङ ,सूचना गुरुङ र काखे बालबालिका च्यापेर गोरखाको सदरमुकाममा आएका हुन । घटना साम्य पार्नको लागि गाउँमा गएको प्रहरीले नै कुटाइ खाएर फर्किएको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ । बर्खाको समयमा खोला तर्न अप्ठ्यारो हुदाहुदै पनि दुइदिन लगाएर सदरमुकाम आइपुगेको मिनाकुमारी गुरुङले जानकारी दिईन । उनिहरु माथी गाउँलेले सनिवारको दिन निर्घात कुटपिट गरेका थिए ।

उनिहरुले भनिन गाउँले सबै धुरिएर मिलाउन गएको प्रहरीले पनि कुटाइ खाए छुट्टाउन्ने क्रममा एकजना वडा सदस्यले पनि कुटाइ खाएको गुरुङको गुनासो छ । घरमा बसे घरमै आगो लगाईदिने र झुन्डिएर मार्ने सम्मको धम्की आउँदा आफुहरु उज्यालो नहुदै गाउँ छोडेर हिनेको दूखेसो पोखिन ।

कीरा फट्याङ्ग्रा पनि मार्न नसक्ने आफूहरूलाई बोक्सी लागेर मान्छे मारेको आरोप लगाएको उनीहरूको गुनासो छ। ‘हामी बोक्सी होइनौं भनेर पुरानो चलनअनुसार कालो कुखुराको रगतको टीका लगाएर छोराछोरी काखमा लिएर धर्म भाक्यौं, तैपनि काट्नेमार्ने, जलाइदिने भनेपछि भागेर आयौं’, उनले भनिन्।

कुटाइबाट आमा र बहिनीको तुलनामा मीनकुमारी बढी घाइते छिन्। ‘चार जना महिला आएर कपाल समातेर रिँगाएर ढुंगा ओछ्याएको आँगनमा पछारे’, उनले भनिन्, ‘त्यसपछि कतिले कुटे भनिसाध्य छैन।’

किन गाउँलेलाई खाएको भनेर कुटेको उनी बताउँछिन्। ‘कसैको टाउको दुख्यो भने पनि हामीलाई नै दोष, कसैको खुट्टा दुख्यो भने पनि हामीलाई नै दोष, रुघा, पखाला लागे पनि हामीलाई दोष आउँछ’, उनले भनिन्, ‘हामी त गाउँको रोग जस्तो भयौं। गाउँका केटाकेटीलाई पनि हाम्रा छोराछोरीसँग खेल्न दिँदैनन्।’ आफूहरू भागेर गोरखा बजार आए पनि घर जलाइदिने भनेर डरत्रास देखाएको उनले बताइन्।

आरोपितहरूलाई शनिबार गाउँले धुरिएर कुटेका छन्। विवाद मिलाउन गएका प्रहरीसमेत गाउँलेको निसानामा परेका थिए।

उनिहरुले बैठक बसालेर र कुट्ने योजना बनाएका रहेछन् । बैठकमा नआए १० हजार रुपियाँ जरिवान गर्ने भन्दै चेतावनीसमेत दिएका थिए । सूचनाले भनिन हामी त्यहाँ जानेबित्तिकै बोक्सी डगिनिहरु भन्दै मुखमा आएर थुक्न थाले मारिदिनु पर्छ । भनेर सबै गाउँलेले ताली बजाए र हातपात गर्न सुरु गरे ।’ मामा, भेना, स्कुलका अध्यक्ष र एउटा दाइले छुट्टाएर धन्नले बचाएको उनले बताइन्।

आफन्तको फोन समेत उठाउन दिएनन् भन्नने वेदना छ । र मृतकको शरीरभित्र सर्प, भ्यागुता र छेपारो रहेको भन्दै भीम गुरुङको लास चिरेपछि धार्चे–६ कासीगाउँमा तनाव भएको हो। तनाव साम्य पार्न पुगेको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको २९ जनाको टोली समस्या समाधान गर्न नसकी आइतबार फर्किएको छ ।

प्रमुख जिल्ला नाराायण भट्टराईका अनुसार घटनालाई साम्य पार्नको लागि वडा अध्यक्ष जिम्मेवारी दिएको जानकारी दिए र अरु कानुुनी कुरा आफुले निगरानी गरेर समाधान गर्ने आसवासन दिए ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com