nepalikorea

थेजनमा साहित्यकार प्रगति राईको एकल कविता वाचन साथै एसवि आइ रेमिटको सेवा उपलब्ध हुने
[2018-08-09 오후 9:21:00]

नेपाल कोरिया कल्चर सेन्टरको आयोजनामा यही आइतबार दक्षिण कोरियाको थेजन शहरमा कवि तथा लेखक प्रगति राई एकल कविता वाचनमा प्रस्तुत हुने भएका छन् । उनी आफ्ना केही चर्चित र नयाँ कवितासाथ प्रत्यक्ष प्रस्तुत हुने भएका हुन् ।

लेखक राई आफ्नो पछिल्लो कृती बिर्सिएको मृत्यु नामक उपन्यास लिएर कोरिया आएका हुन् । जीवनका विभिन्न आयम सहित बैदेशिक पलायनले निम्ताएको दुःख र आतकंलाई प्रस्तुत गरिएको यस उपन्यासलाई धेरैले रुचाएका छन् । प्रदेशी भूमि कोरियामा रहेका नेपालीहरुको लागि पनि सो उपन्यास सान्दर्भिक रहेको छ ।

विशेष गरी महिला मुद्याका विभिन्न आयममा कलम चलाउदै आएकी लेखक राईका यस अघि लेखककी स्वास्नी नामक उपन्यास र बादी विज्ञप्ति नामक कविता संग्रह प्रकाशित भैसकेको छ । राईको हरियो कोरियाको गीत , बादी विज्ञप्ती, सपनाको आतंक र रुखलगायत कविताहरु लोकप्रिय रहेका छन् ।

साथै कार्यक्रममा एसबिआई रेमिटेन्सको सेवा पनि उपलब्ध गराउने भएका छन् । एसबिआई रेमिटेन्सका बजार व्यवस्थापक सरोज खडक उपस्थित भएर विस्तृत जानकारी दिइने भएका छन् । थेजनमा पहिलो पटक रेमिटेन्स सम्बन्धी सेवा उपलब्ध गारउने भएका हुन् ।

कार्यक्रम हुने मिती र स्थानमा निम्न अनुसार रहेको छ ।

मिती २०१८ अगष्ठ १२ , आइतबार
साय दिनको १२ बजे ।
स्थान सगरमाथा रेष्टुरेन्ट , थेजन यक ,
थेजन यकबाट पैदल सय मिटर जति दुरीमा पर्छ ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com