nk

डन चक्रे मिलनका सहयोगी लिम्बू पक्राउ
[2018-07-16 오후 11:34:00]

विभिन्न अपराधिक क्रियाकलापमा संलग्न डन चक्रे मिलन समुहका लागि काम गर्ने ललितपुरका रोशन सुब्बालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सुब्बालाई उनकै घर खुमलटारबाट पक्राउ गरेको हो । उनको साथबाट २ वटा पेस्तोलसहित ५६ राउण्ड गोली बरामद भएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले जनाएका छन् ।

यसअघि आइतबार पनि प्रहरीले जर्मन पेस्तोल बिक्री गर्न हिँडेका ३ जनालाई ललितपुरको नख्खिबोटबाटै पक्राउ गरेको थियो । आइतबार ताप्लेजुङ घर भई ललितपुर नखीपोट बस्ने ३६ वर्षका हेमराज पौडेल, रामेछाप घर भई नखीपोट बस्ने ३० वर्षका अंशुराम मोक्तान र रामेछाप घर भई काठमाडौं घट्टेकुलो बस्ने २४ वर्षका कृष्णबहादुर जोगी पक्राउ परेका थिए ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com