nk

पाकिस्तानमा भएका हिंसामा परी मृत्यु हुने थपिए
[2018-07-16 오후 11:33:00]

पाकिस्तानमा चुनावी अभियानका क्रममा भएका हिंसामा परी मृत्यु हुनेको संख्या अझै पनि बढीरहेको छ ।पाकिस्तानाको बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा गत शुक्रबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १४९ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

मास्तुङ् जिल्लाका प्रहरी उप निरीक्षक करिम लाशारीले सोमबार मृतकको सङ्ख्या वृद्धि भएको पुष्टि गर्नुभएको हो पाकिस्तानको इतिहासमा नै भयानक आक्रमण मानिएको सो आक्रमणमा परी अरू कम्तीमा १८६ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

लडाकूहरुको समूह इस्लामिक स्टेट ९आईएस०ले आफ्नो वेबसाइटमार्फत् घटना आफूहरुले गराएको शनिबार नै जिम्मेवारी लिएका थिए ।

यही जुलाई २५ तारिखका दिन हुनलागेको निर्वाचनको मिति नजिकिँदै गर्दा पाकिस्तानमा हिंसाको घटना पनि बढ्दै गइरहेका छन् । यसअघि पनि चुनावसँग सम्बन्धित घटनामा पाकिस्तानमा दर्जनौँ व्यक्तिको मृत्यु भइसकेको छ ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com