Dambar Subba

सम्मर नाईट ३ विथ बाबु साईला भव्यताका साथ सम्पन्न
[2018-07-16 오후 11:05:00]

दक्षिण कोरियाको राजधानी सिओल देखि ६० किमीको दुरीमा रहेको शहर सुवन स्थित रहेको ग्रेट हिमालयन रेष्टुरेन्टमा गत जुलाई १४ तारिख शनिवारको दिन ललितकला मन्च तथा छन्देरी गाईजको संयुक्त आयोजनामा सम्मर नाईट विथ बाबु साईला भव्यताका साथ सम्पन्न भएको छ ।

कर्मथलो कोरियामा व्यस्तताका कारण लुकेका प्रतिभाहरुलाई समाजमा ल्याई कला,साहित्य तथा गीत संगीतको उत्थान ,प्रवद्र्धन गर्दे युवाहरुलाई मनोरन्जन दिने उद्देश्यका साथ पछिल्ला ३ बर्ष अघि देखि सम्मर नाईट विथ बाबु साईलाको आयोजना गर्दे आएको छ । गत शनिबार भएको सम्मर नाईट तेस्रो संस्करण हो ।

ललित कला मन्च दक्षिण कोरियाका अध्यक्ष उमेश लिम्बुको सभापतित्वमा आयोजित सो कार्यक्रमको प्रमुख अथिती नेपाल तामाङ संघका अध्यक्ष मेघ प्रसाद वाईवाले गर्नु भएको थियो ।

पहिलो चरणको कला तथा साहित्य सम्बन्धी कार्यक्रममा चित्रकार तथा साहित्यकार बाबु साईलोले आफना कविताहरु सुनाएर माहोल साहित्यमय बनाएका थिए ।

त्यस्तै नेपाल साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष यल्सी विवश गुरुङको गजलले थप मनोरन्जन दिएका थिए ।

दोस्रो चरणको गीत संगीत तर्फ स्थानिय गायकहरु अमन थिङ, सोनाम दोङबा हयल्मो, माया लामा घिसिंङ, बचन गुरुङ,गौरव राई, सुनिल थापा, अमन तामाङ, सिमा लामा, चन्द्र बराईली, ज्ञान लामा, रोजन राई लगायतको गीत संगीतले सहभागीहरुलाई नचाएर माहोललाई थप तताएका थिए ।





Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com