Dambar Subba

कोरियामा एक नेपालीले आत्महत्या
[2018-07-14 오후 1:44:00]

रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरिया आई छल्लानाम्दो सुनछन सिटिको चुआमम्यन नोङखोङ थान्जी स्थित गाईको दाना बनाउने कम्पनीमा कार्यरत नेपालको चितवन निवासी ढाका भुजेलले आत्महत्या गरेको कम्पनीमा संगै काम गर्ने नेपाली सहकर्मीले जानकारी दिएको छ ।

नेपाली सहकर्मीका अनुसार आज विहान काम गर्न जाने समयमा भुजेल सुत्ने स्थानमा नभएर पछि यताउति खोज्नेक्रममा कम्पनी भित्र नै रहेको गोदाममा झुण्डिएर मृत अवस्थामा फेला पारेको बताए ।

सो कम्पनीमा १० जना नेपालीहरु कार्यरत थिए । मृतक भुजेल ४ बर्ष १० महिनाको भिसा सकि रिर्टन भिसामा पुन कोरिया आएका थिए । रिर्टन भिसामा कोरिया आउनु अघि विवाह गरि आएकोपनि नेपाली सहकर्मीहरुले बताए ।

नेपाली सहकर्मीहरुका अनुसार मृतक पारिवारीक तनाव भएको अनुमान गरेको छ । मृतक भुजेलले आत्महत्या गर्नुको कारण स्थानिय प्रहरीहरुले छानविन गरी रहेको थाहा भएको छ ।



Nick Name     
comment   




कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न


कोरियामा ३८ डिग्रीको गर्मीमा पनि नेपाल डे भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com