Dambar Subba

कोरियामा ४ दिनको अन्तरालमा ३ नेपालीको मृत्यु
[2018-07-12 오후 11:13:00]

कोरियाको विभिन्न क्षेत्रहरुमा जुलाईको दोस्रो सातामा ४ दिनको अन्तरालमा ३ नेपालीको मृत्यु भएको छ । मृत्यु हुने नेपालीहरुमा २ जना सकड दुरघटनामा र १ जना मुटुको रोगले मृत्यु भएको हो ।

गत जुलाई २ तारिख सोमबारका दिन अन्दाजी ९ बजे तीर छनानको सिनबुदोङ स्थित रहेको छनान बस टर्मिनलको अगाडी रहेको जेब्रा क्रसिङबाट बाटो काटने क्रममा स्पिीडमा आएको बसले ठक्कर दिएर गम्भिर धाईते भएकी भोजपुर तिवारी भन्जाङ निवासी ४५ बर्षिया अम्बिका राईको उपचारको क्रममा गत ९ तारिख सोमबार मृत्यु भएको छ ।

स्थानिय प्रहरीका अनुसार दुरघटना पश्चयात छनानको थानगुग युनिभरसिटि अस्पतालको आईसीयुमा उपचारत राई दुरघटना हुदा टाउको भुई बजारिएर ठुलो चोट लागी अर्धचेत अवस्थामा उपचारत थिईन । १ हप्ता सम्म अथक प्रयासको बावजुद पनि बचाउन नसकेको बताए ।

मृतक राई कोरियन नागरिकसंग विवाह गरेर आएकी आफनै बहिनीको निमन्त्रणामा कोरिया आई पारिवारीक भिषामा थिईन । मृतक राईकी २ जना छोराहरु रहेको थाहा भएको छ ।

दुरघटना गर्ने बसको कम्पनीसंग कानुनी प्रक्रियाका विषयमा छलफल भई रहेको एक श्रोतले बताएको छ ।

त्यस्तै करिब एक महिना देखि मुटुको रोगका कारण एक अस्पतालमा उपचारत पोखरा निवासी चित्र थापा मगरको गत १० तारिख मृत्यु भएको छ । चिकित्सकले मृतक थापाको सास फेर्न ३ वटा नलिहरु एकै ठाउंमा टांर्सिएकोले शल्यक्रिया गर्ने तयारीमा थिए । तर आकस्मत स्वास्थ्यमा खराबी आएपछि थापाको मृत्यु भएको हो ।

आज मृतक थापाको दाह संस्कार गरिएको छ । मृतक थापा नेपाल मुलका कोरियन नागरिक थिए ।

त्यस्तै आज १२ तारिख बिहिबार नेपालको मोरङ सुनवर्शी नगरपालिका (अमरदह) निवासी २५ बर्षिय सन्तोष विष्टको स्कुटर दुरघटनामा परि मृत्यु भएको छ ।

हिजो बेलुकी अन्दाजी ७ बजेर ३० मिनेटमा कंम्पनीबाट काम सकेर घर फर्कने क्रममा पछाडीबाट आएको कारले स्कुटरलाई ठक्कर दिई दुरघटना भएको थियो । दुरघटना पश्चयात स्थानिय अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको एक श्रोतले बताएको छ ।

दुरघटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरि रहेको थाहा भएको छ । मृतक विष्ट शरणार्थी भिषामा थिए ।

रोजगारीको सिलसिलामा ईपीएसबाट कोरिया आउनु अघि नेपालीहरुले नेपालमा नै बिमा गर्ने गरेको हुनाले कुनै कारणवश मृत्यु भएमा लाश लान त्यति समस्या देखिन्दैन तर शरणार्थी भिसा, विधार्थी, अबैधानिक नेपालीहरुको मृत्यु भएको खण्डमा दाहसंस्कार अर्थात लाश नेपाल लान समस्या हुने गर्दछ । यस विषयमा सम्बन्धीत निकायको ध्यान जानु आवश्यक देखिन्छ ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com