Dambar Subba

बल बहादुरको दाहसंस्कार गरियो, दूतावास दायित्वबाट चुक्दै
[2018-07-02 오전 7:27:00]

रोजगारीको सिलसिलामा ईपीएस मार्फत ७ बर्ष अघि कोरिया आई गत जुन १३ तारिख निधन हुन भएका लमजुङ जिल्ला क्होलासोथार गाउं पालिका ५ सिङदी घर भै हाल कास्कीको लेखनाथ पोखरा महानगरपालिका बाझापाटन निवासी ३२ बर्षिय बल बहादुर गुरुङको ख्यङगिदो प्रान्तको योङईन सिटि स्थित रहेको फयङवनउई सुफ दाहसंस्कार गृहमा आज जुलाई २ तारिख आईतबार विधीवत रुपमा दाहसंस्कार गरियो ।

मृतक बल बहादुर गुरुङ ईपीएस मार्फत ४ बर्ष १० महिनाको कार्यअवधी सकेर दोस्रो पटक कोरिया आएका थिए । कोरिया आए पश्चयात कम्पनीबाट कार्य स्थल परिवर्तनको स्वीकृती कागजात लिएर नयां कार्य स्थलको खोजीमा थिए । कोरियाको रोजगारी प्रणाली ईपीएस अन्र्तगतको नियम अनुसार ३ महिना भित्र नयां कार्यस्थलमा लागी सकेको हुनु पर्दछ । तर मृतकले ३ महिनाको अवधी सकिसक्दा पनि नयांकार्य स्थलमा लाग्न नसकि मानसिक तनाव भएको जानकारहरु बताउने गर्दछ ।

मानसिक तनावमा रहेको अवस्थामा गत जुन १३ तारिख बुधबार रातको १ बजे तीर सिओलको सक्के रेल स्टेशनको नजिकमा रहेको एक आकाशे पुलबाट झरेर मृतक बल बहादुरको मृत्यु भएको तमुधीका पूर्व अध्यक्ष प्रदिप गुरुङले बताए ।

पूर्व अध्यक्ष गुरुङले बताए अनुसार मृतक बल बहादुरको मृत्यको कारण अझै समय लाग्ने प्रहरीले बताएको छ ।

ईपीएस मार्फत कोरिया आएका विदेशी श्रमिकहरुलाई कम्पनी परिवर्तन गर्ने स्वीकृती पत्र लिएर आए पछि समयमा नै नयां कार्य स्थल खोजी दिने काम कोरियाली श्रम मन्त्रालय अन्र्तगतको रोजगार विभागको हो । कोरियाली रोजगार विभागको मनपरीतन्त्र, लापारवाही र रुखो व्यवहारको कारण धेरै विदेशी श्रमिकहरु तनावमा जाने गरेको गुनासो अत्याधिक मात्रामा बढी रहेको पाईन्छ ।

ईपीएस मार्फत कोरिया आएका मृतक बल बहादुरको दाहसंस्कार १८ दिन पछि मात्र भएको छ । कोरियाको कानुनी अनुसान्धनको प्रक्रिया र नेपालबाट मृतकको परिवारलाई कोरिया बोलाउने कार्य र कोरियाका लागी नेपाली राजदूतावासको समय हुन नसकेको असहयोगको कारण मृतकको दाहसंस्कारमा ढिलाई भएको एनआरएन कोरियाका बरिष्ठ उपाध्यक्ष विपिन गुरुङले बताए थिए ।

ईपीएस मार्फत कोरिया आउने प्रत्येक नेपाली श्रमिकहरुले दुरघटना हुने सम्भावनालाई ध्यानमा राख्दै कोरिया आउन अघि नेपालमा नै बिमा गरेको हुन्छ । मृतक बल बहादुरको कोरियाली अध्यागमन विभागले दिएको भिसाको अवधी २०२० साल सम्म छ । तर मृतक बल बहादुरलाई अबैधानिक भई सक्यो भन्दै कोरियाका लागी नेपाली राजदूतावासले समयमा असहयोग गरेपछि तमुधी द.कोरिया, लमजुङ परिवार, नेपाल बौद्ध परिवार लगायत विभिन्न संघ संस्था तथा व्यतिmगत रुपमा दाहसंस्कार गर्ने आर्थिक सहयोग संकलन गरेर आज मृतक बल बहादुरको दाहसंस्कार गरेको हो ।

मृतक बल बहादुरको दाहसंस्कारमा सहभागी जनाएका श्रम सहचारी डिल्ली राम बास्तोलाले मृतकको दाहसंस्कार खर्च, क्षतिपूर्ति र बिमाको रकम परिवारलाई भुक्तानी गर्नको लागी सरकारी स्तरबाट प्रक्रिया अघि बढी सकेको बताए ।

विदेशमा रहेको नेपालीहरुको हक अधिकार सुनिश्चित गर्ने, अन्यायमा परेको बेला न्याय दिलाउने काम कर्तव्य र दायित्व नेपाली राजदूतावासको हो । तर विदेशमा रहेको अधिकांश नेपाली राजदूतावासहरु आफनो काम कर्तव्य र दायित्व पूरा गर्नबाट चुकेको पाईन्छ ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com