nk

देशैभर मनसुन सक्रिय, यसवर्ष कत्तिको पर्ला पानी ?
[2018-06-28 오전 10:56:00]

प्रवेश गरेको १९ दिनपछि मनसुन देशैभर सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि देशैभर मनसुन सक्रिय भएको हो । पूर्वी वायुले पूर्ण रूपमा पश्चिमी वायुलाई विस्थापित गरेपछि देशैभर मनसुन सक्रिय भएको हो । २५ जेठमा पूर्वी नेपालबाट कमजोर रूपमा मनसुन प्रवेश गरेको थियो ।

यसअघि मनसुनी वायु कमजोर हुँदा पश्चिम नेपालमा मनसुन सुरु हुन सकेको थिएन । आवश्यक वर्षा नहुँदा पश्चिम क्षेत्रमा मकै बाली र धानको ब्याडमा असर परेको थियो । देशैभर मनसुन सक्रिय भएपछि किसानलाई राहत पुगेको छ ।

बंगालको खाडीबाट पूर्वी जलवाष्पयुक्त हावा बलियो रूपमा आइरहेको मौसमविद् समीर श्रेष्ठले बताए ।
‘वायुमण्डलको तल्लो र माथिल्लो भागमा जलवाष्प छ,’ उनले भने, ‘जलवाष्पकै कारण तीन दिनसम्म देशैभर वर्षा हुने प्रक्षेपण गरिएको छ ।’
औसत वर्षा हुने

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको प्रक्षेपणअनुसार यस वर्ष देशभर औसत वर्ष हुनेछ । दक्षिण एसियान क्लाइमेट आउटलुक फोरमले पनि नेपालभर औसत वर्ष हुने प्रक्षेपण गरेको छ । ६ र ७ वैशाखमा भारतको पुनेमा भएको सम्मेलनले नेपालसहित दक्षिण एसियाका देशको मौसम पूर्वानुमान गरेको थियो ।

दक्षिण एसियन क्लाइमेट आउटलुक फोरमले ३० वर्षसम्मको मौसमलाई आधार बनाई हरेक वर्ष मनसुनको प्रक्षेपण गर्छ ।
नयाँ पत्रिकामा खबर छ ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com