nk

अलग्गिएका बच्चालाई ३० दिन भित्र आमाबुबासँग भेटाउन अदालतको आदेश
[2018-07-16 오후 11:35:00]

अमेरिकामा अवैध आप्रवासी र उनीहरुका बच्चालाई अलग गरिएको मामिलामा एक अमेरिकी न्यायधिषले ताजा आदेश दिएको छ । न्यायधिषले आमाबुबासँग अलग भएका बच्चालाई ३० दिन भित्र मिलाउन आदेश दिएको हो ।

डोनाल्ड ट्रम्प सुरुवात देखि नै अवैध आप्रवासीलाई लिएर कडा निति लिँदै आइरहेका छन र उनको ‘जिरो टलरेन्स‘ पनि यसको हिस्सा हो । उक्त विवादित निति अन्तर्गत बिना आवश्यक कागजात अमेरिकी सीमामा प्रवेश गर्ने माथि अपराधिक मामिला दर्ता गरिने र उनीहरुलाई जेलमा हालिने ब्यवस्था छ । यसतो स्थितिमा उनीहरुका बच्चालाई उनीहरुबाट अलग हिरासत केन्द्रमा राखिने छ ।

यस नितिको चौतरफी आलोचना पछि ट्रम्पले यसमा परिवर्तन गरेका थिए । अब परिवार र बच्चालाईसँगै हिरासतमा राखिने भएको छ । यद्यपी उनको आदेशमा पहिल्यै आमाबुबासँग अलग भएका बच्चाहरुको विषयमा के हुन्छ, भन्ने विषयमा प्रष्ट गरेको छैन ।

अब क्यालिफोर्नियामा सन डियागोका एक संघिय न्यायधिषले मंगलबार आफनो आदेशमा सरकारले पाँच बर्ष भन्दा कम उमेरका बच्चालाई १५ दिन भित्र र पाँच भन्दा धेरै बर्षका बच्चालाई ३० दिन भित्र उनका आमाबुबासँग भेटाउन भनेको छ । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com