सिताराम अधिकारी

धादिङमा पहिरो,७ घर पुरियो, ५ जना बेपत्ता
[2018-06-28 오전 10:51:00]

धादिङ – जिल्लाको उत्तरी क्षेत्र मार्पाक र सत्यदेवीमा बुधबार राती पहिरो जाँदा ७ घर पुरिएको छ भने ५ जना बेपत्ता भएका छन् । पहिरोमा परि चार जना घाइते भएका छन् ।

लागातारको वर्षाका कारण खनीयाबास गाँउपालिका–५ सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेको श्रीमतीसहित दुई नातिनीहरु पहिरोमा बेपत्ता भएका छन् । एक जनालाई घाइते अवस्थामा स्थानीयले उद्धार गरी सत्यदेवी स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।

यही गाउँपालिका वडा नम्बर ४ चिउरीबोटमा पहिरोले एक घर पुरिएको छ । पहिरोमा परी सम्सेर घले र कोप्ची घले बेपत्ता भएको ईलाका प्रहरी कार्यालय दार्खाका प्रहरी हवल्दार मनोज श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरि नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा पाँच घर पहिरोले बगाएको छ ।

घटना स्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ । वर्षाका कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सडक भत्किएकाले सदरमुकामबाट गाडी चल्न छाडेको छ । ईलाका प्रहरी कार्यालय दार्खाको प्रहरी टोली भने प्रहरी चिउरीखर्क पुगिसकेको छ भने साईश्वाँरा भने अझै पुग्न सकेको छैन ।
घटनाको अन्य विवरण आउन बाँकी रहेको र घटना स्थलमा जति सक्दो छिटो प्रहरी पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com