डीबी बिष्ट

साइपाल गाउँपालिकाका नायब सुब्बालाई कालोमोसो
[2018-06-28 오전 10:28:00]

बझाङको विकट साइपाल गाउँपालिकाका नायब सुब्बा राधाकृष्ण जोशीलाई बुधबार कालोमोसो दलिएको छ । गाउ“ सभा गर्नका लागि गाउँपालिकातर्फ जाँदै गर्दा तल्कोट गाउँपालिकाको कुवा भन्ने ठाउँमा उनीमाथि कालोमोसो दल्ने काम भएको प्रहरीले जनाएको छ ।

जोशी यस अघि साइपाल गाउ“पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए । नेकपा (विप्लव) निकट व्यक्तिहरुले जोशीलाई आफूहरुले कालोमोसो दलेको भनेर सामाजिक सञ्जाल मार्फत जिम्मेवारी लिएका छन् ।उनीहरुले जोशीले अनुदानको चामल महंगोमा विक्री गरेको आरोप लगाएका छन् ।

साइपाल गाउँपालिकाको लागि नेपाल सरकारले अनुदान कोटामा दिएको २ हजार क्विन्टल चामल मध्ये १ हजार ५ सय क्विन्टल चामल स्थानीयलाई नदिएर यार्सा संकलकहरुलाई बढी मूल्यमा विक्री गरेको आरोप विप्लवका कार्यकर्ताहरुले लगाएका छन् ।

यस्तै जोशीले कार्यालय व्यवस्थापनको लागि भएको खर्चमा पनि अनियमितता गरेको र सुधारका लागि सचेत गराउँदा पनि नमानेकोले कालोमोसो दलेर कारवाही गरिएको नेकपा (विप्लव) ले गठन गरेको जिल्ला जनपरिषद बझाङका प्रमुख संग्राम सिंहले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।
यता नायब सुब्बा राधाकृण्ण जोशीले विप्लवका कार्यकर्ताहरुले आफूलाई ५ लाख रुपैयाँ चन्दा दिनुपर्छ भन्ने दबाब दिएको र चन्दा नदिए पछि कालोमोसो लगाएर दुर्व्यवहार गरेको बताएका छन ।

‘हाम्रो पार्टीलाई पाँचलाख सहयोग गर्नुपर्छ भनेर अस्ति देखि नै भनिरहेका थिए’ उनले भने ‘मैले त्यत्रो रकम कहाँबाट दिने ? म सक्दिन भनेर भने । त्यही रिसले मलाई दुर्व्यवहार गरेका हुन ।’
जोशीलाई कालोमोसो विप्लवका कार्यकर्ताहरुले लगाएको र उनीहरुको पहिचान समेत भैसकेको बताउँदै सरकारी कर्मचारी माथि दुव्यवहार गर्नेलाई कारवाही गरिने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

‘कालोमोसो लगाउने काममा को को संलग्न छन भन्ने हामीले पत्ता लगाइसकेका छाैं’ डिएसपी ऋषिराम कँडेलले भन्नुभयो, ‘सबैको खोजी कार्य भैरहेको छ । चाँडै कारबाहीको दायरामा ल्याइन्छ ।’
केही दिन पहिले विप्लवकै कार्यकर्ताहरुले साइपाल गाउ“पालिकाको कार्यालयमा रहेको साइनबोर्ड समेत तोडफोड गरेको प्रहरीले बताएको छ ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com