Dambar Subba

कोरियामा औधोगिक दुर्रघटनामा परि एक नेपालीको मृत्यु
[2018-06-19 오후 7:17:00]

हिजो कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ सिटिमा अवस्थित माछाको चारो (दाना) बनाउने एक कम्पनीमा कार्यरत मोरङ जिल्ला बेलबारी नगरपालिका लक्ष्मी मार्ग निवासी बाल कुमार राईको औधोगिक दुर्रघटनामा परि मृत्यु भएको सोही कम्पनीमा कार्यरत नेपाली सहकर्मी नवराज राईले जानकारी दिनु भएको छ ।

सहकर्मी राईका अनुसार हिजो विहान अन्दाजी १० बजे मेसिनमा काम गरि रहेको अवस्थामा आकस्मत मेसिन पडकिएर सो मेसिनबाट निस्किएको तातो पाउडरले सबै शरीर जलेपछि बुसानको एक अस्पताल लगेर उपचारको क्रममा अन्दाजी आज विहान रातको २ बजे तीर डाक्टरले मृत घोषणा गरेको बताए ।

ईपीएस मार्फत अन्दाजी ३८ महिना अघि मृतक राई कोरिया आई सो कम्पनीमा कार्यरत थिए । सो कम्पनीमा नेपाली जम्मा ६ जना कार्यरत थिए । सोही कम्पनीमा कार्यरत अन्य नेपालीहरुले एक असल साथी गुमाएकोमा दुख व्यक्त गरेका थिए ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com