Dambar Subba

बिर्सिएको मृत्यु एक विमर्श एवम् साहित्यिक सृजना वाचन भव्यताका साथ सम्पन्न
[2018-06-06 오전 9:18:00]

कोरियाको राजधानी सिओलको तोङदेमुन स्थित लुम्बिनी रेष्टुरेन्टमा गत जुन ३ तारिख आईतबारको दिन महिला मानवअधिकारीवादी तथा साहित्यकार प्रगति राईको उपन्यास बिर्सिएको मृत्यु एक विमर्श एवम् साहित्यिक सृजना वाचन २०१८ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो ।

कोरियामा नेपालीहरु माझ बढदै गरेको मानसिक तनावलाई साहित्य मार्फत समस्याका समाधान खोज्दै न्युनिकरण गर्नमा सहयोग पुग्ने उद्देश्यले नेपाली साहित्य समाज दक्षिण कोरिया तथा आप्रवासी मिडिया ःध्त्ख् को संयुक्त आयोजनामा उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका अन्दाजी ८० भन्दा बढी साहित्यप्रेमी नेपालीहरुले सहभाागिता जनाएको थियो ।

कार्यक्रममा नेपाल तामाङ संघका सचिव फुर्वा तामाङ, अन्र्तराष्ट्रिय साहित्य समाजका प्रतिनिधी बलदेव भट्टराई, कोरियन साहित्यकार किम यङ हो, नेपाल ललितकला मञ्चका अध्यक्ष उमेश लिम्बु, उदयपुर सेवा समाजका अध्यक्ष मधुकर राई, पूर्वाञ्चल सरोकार मञ्चका अध्यक्ष काजी नेपाल, नेपाल आदीवासी जनजाती महासंघका काबा अध्यक्ष मल्लिका थकाली, प्रवासी मजदुर युनियन एमटियुका अध्यक्ष उदय राई आदीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साहित्यप्रेमी श्रष्टाहरुमा बिष्णु वाग्ले,सन्जय खनाल,सुष्मा राई,सुनिल दिप राई,दिेपेन्द्र भट्टराई, उत्तम खजुम लगायत आधा दर्जन भन्दा बढी साहित्यकारहरुले कविता,गजल तथा साहित्य सृजना वाचन गरेर माहौललाई थप मनोरन्जन दिएका थिए । विशिष्ट अथिती तथा साहित्यकार प्रगति राईले पनि कोरियामा कामदारको रुपमा रहदा सिर्जना गरिएको कविता वाचन गरेकी थिईन ।

सोही कार्यक्रममा साहित्यकार राईको उपन्यास बिर्सिएको मृत्युको विषयमा कोरियाका राजनितीकर्मी तथा साहित्यकार मिलन कान्छा किरा“ती, इतर आवाज साहित्य समाज द.कोरियाका अध्यक्ष पराजित पमूले विमर्श गरेका थिए ।

नेपाली साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष यल्सी विवश गुरु¨को सभापतित्वमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथी नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसीले गर्नु भएकी थिईन ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com