यम श्रीस मगर

ढाेरपाटन कप कालीगण्डकीको पाेल्टामा
[2018-06-04 오후 10:13:00]

बाग्लुङ सम्पर्क समित दक्षिण कोरियाले “शारीरिक तन्दुरुस्ती राष्ट्रिय खेलको प्रबर्द्वन र आपसी सदभावका लागि खेलकुद” भन्ने मुल नारा सहित २०१८ जुन ०३ ,आईतबार दक्षिण कोरियाको सौलमा आयोजना गरेकाे छैठौं मैत्रीपुर्ण भलिबल प्रतियोगिता “ढोरपाटन कप २०१८ “ काे उपाधी काली गण्डकी ब्वायज्ले चुमेकाेछ।

कुल १४ टिमले नाम दर्ता गरेकाे भलिबल प्रतियाेगितामा स्याङ्जा परिवारलाइ २ – १ काे सेटमा पराजीत गरि काली गण्डकी ब्वायज्ले उपाधि चुमेकाे हाे। पाेल ए बाट सेमिफाइनलमा सिहङ्सी अानसान लाइ पराजीत गरि स्याङ्जा परिवार फार्इनलमा प्रबेश गरेकाे थियाे भने पाेल बि बाट बाग्लुङ बि लाइ पराजित गरि काली गण्डकी ब्वायज् फाइनलमा प्रबेश गरेकाे थियाे।

प्रथम हुने काली गण्डकी ब्वायज् लार्इ कप, नगद १३ लाख वन र प्रमाण पत्र , दाेश्राे हुने स्याङ्जा परिवार लार्इ कप, नगद १० लाख तथा प्रमाण पत्र र सेमी फाइनल लडेका २ टिम बाग्लुङ बि र सिहङ सि अानसान लार्इ नगद ३ लाख ५० हजार वनका दरले पुरस्कार प्रदान गरिएकाे थियाे।

उत्कृष्ट खेलाडिकाे उपाधि बेष्ट प्लेयर स्याङजा परिवारका खेलाडी कुमार गुरूङले हात पार्न सफल भएका थिए। बेष्ट प्लेयरलाइ कप,नगद एक लाख वन तथा प्रमाण पत्र प्रदान गरिएकाे थियाे।

प्रतियाेगितालार्इ ब्यवस्थित रूपमा संचालन गर्नका लागी रेफ्रीहरू अमित राना, लाेकेन्द्र भट्टचन, श्रवण श्रेष्ठ, दिलु बिरकट्टा ,किरण भण्डारी मगर र बिक्रम केसी लगाएतका रहेका थिए।

बाग्लुङ सम्पर्क समिति काेरियाका अध्यक्ष सुवास लामिछाने काे अध्यक्षतामा सम्पन्न भएकाे प्रतियाेगितामा काेरियाका लागि नेपाली महामहिम राजदुत अर्जुन जङ बहादुर सिंह प्रमुख अतिथि रहेका थिए भने बिशेष अतिथिमा एन अार एन ए काेरियाका अध्यक्ष लम्मी गुरूङ, नेपाल अादिबासी जनजाति महासंघका का बा अध्यक्ष मल्लिका थकाली, वुमन फर वुमनकी अध्यक्ष पद्मा श्रेष्ठ लगायतका रहेका थिए।

प्रतियाेगितमा स्थलमा खेलप्रेमी नेपालीहरूकाे बाग्लाे उपस्थिति रहेकाे थियाे भने नेपाली परिकारका खाजाहरू पनि बिक्रि गरिएकाे थियाे। साथै एस बि अार्इ काेषमनि रेमिटले रेमिट सम्बन्धि सेवा पनि दिएकाे थियाे।

ढाेरपाटन कपलार्इ भब्य रूपमा सफल बनाउन बिभिन्न क्षेत्रबाट सहयाेग गर्ने खेलाडिहरू, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,रेफ्रिहरू, बाग्लुङ सम्पर्क समितिका पदाधिकारीहरू लगायत सम्पुर्ण महानुभावहरूलाइ अायाेजकका तर्फबाट समितिका अध्यक्ष सुवास लामिछानेले धन्यबाद प्रदान गरेका थिए।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com