अर्जुन बराल

कोरियास्थित नेपाली दुतावासको दादागिरी
[2018-06-03 오후 11:04:00]

दक्षिण कोरिया स्थित नेपाली दुतावासले ११ औ गणतन्त्र दिवश मे २९ तारिख मंगलबारका दिन चालीसहजार भन्दा बढी नेपालीहरु बिभिन्न पेशा,ब्यबसायमा आबद्ध भएर रहेका भएपनि केवल सिमित ब्यत्तिको उपस्थितीमा सोलस्थित नेपाली दुतावासको बन्दकोठाभित्र बिनाकार्यक्रमका बिच पनि भब्यरुपमा मनाएको भन्दै गलत सन्देश प्रबाह गरेको छ ।

दुतावासबाट गणतन्त्र दिवस मनाउने नाममा भएको गलत प्रक्रियाको बारेमा कोरियामा रहेका नेपाली संघसंस्थाका प्रतिनिधि लगाएतले सामाजिक संजालमा ब्यापक बिरोध जनाएपछि दुतावासले आफनो कमजोरीलाई सुधार्नुको सट्टा दबंग शैलीमा दलगत र गुटगत स्वार्थका आधारमा दुतावास जस्तो संस्थालाई आक्षेप नलगाउन र न्युन उपस्थिती हुनु दुतावासको गल्ती नभएको प्रष्ट पार्दै ध्यानाकर्षण भएको भनेर आफनो बचाउँ गरेको भएतापनि नेपाली कांग्रेससँग आबद्ध ब्यक्ति, सम्बन्धीत संघसंस्थाका प्रतिनिधी सहित महामहिम राजदुत अर्जुन जंगबहादुर सिंहको उपस्थितीमा एनआरएन,एनसिसी,जनसम्र्पक समितिका निर्बतमान अध्यक्षका प्रतिनिधि लक्ष्मी लामा गुरुङ्ग,अंञ्जु केसी,जुनु गुरुङ्ग,केपी सिटौला,गिरीराज कुँवर,अग्नि कोईराला लगाएत दुतावासका केहि कर्मचारी सहित १४ जनाको उपस्थिती भएतापनि दुतावासका उपनियोग प्रमुख किरण शाक्यको कार्यक्रमस्थलमा उपस्थिती थिएन भने गणतन्त्र दिवश मनाएको बिषयमा समाचार बनाईदिन स्वंयम राजदुतले पत्रकारलाई बिशेष अनुरोध गरेका थिए ।

दुतावासले कार्यक्रमलाई भब्यरुपमा मनाउनका लागि निमन्त्रणा गरिएका बिभिन्न संघसंस्थाका प्रतिनिधीको नामावली कोरियाबाट संचालीत बिभिन्न अनलाईनलाई उपलब्ध गराएको भएपनि त्यो नामावलीका आधारमा निमन्त्रणा नभएको र त्यो सरासर झुटो रहेको जनसम्र्पक समितिका जिम्मेबार ब्यक्तिले जनाएका छन भने प्रबासी नेपाली मंच र जनप्रगतिशील मंचलाई जानकारी दिईएको थियन साथै दुतावासले कोरियामा रहेका मात्र नभएर कोरियामा नभएका बिभिन्न पेशामा आबद्ध नेपालीलाई निमन्त्रणा पठाईएको भन्दै गैरजिम्मेबार अभिब्यत्ति दिएको छ ।



Nick Name     
comment   




कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न


कोरियामा ३८ डिग्रीको गर्मीमा पनि नेपाल डे भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com