nepalikorea

ललितकला मञ्चमा फेरि उमेश लिम्बू
[2018-06-03 오후 11:00:00]

दक्षिण कोरियामा रहेका कलाकारहरु संगठन नेपाल ललितकला मञ्चको हिजो शनिबार बसेको बिशेष बैठकले कार्यसमितिमा हेरफेर गरेको छ।राजधानी सिओलस्थित शुभेक्षा रेष्टुरेण्टको हलमा सम्पन्न बिशेष भेलामा दोस्रो कार्यकालको लागि अध्यक्षमा पुन उमेश लिम्बु सर्बसम्मत चुनिएका छन्।

संस्थापक बाबु साईला(भीम सुब्बा तामाङ्ग)को प्रस्तावमाथि समर्थन जनाऊदै कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरु निर्बिरोध चयन भएका हुन्।क्रमश बरिष्ठ उपाध्यक्षमा अमन थिङ्ग,उपाध्यक्षमा मनोज लामा,महासचिबमा नबीन पराजुली,सचिबमा सुरज लामा,सह सचिबमा बच्चन गुरुङ्ग,कोषाध्यक्षमा सोनाम दोङ्गबा ह्योल्मो सदस्यहरुमा दिनेश पाख्रिन लामा,सुनील थापा,पदम लिम्बु,दिनेश थजाली लगायत रहेका छन्।

कला साहित्य र संगीतलाई समेटेर कोरियामा नेपाली समुदायमाझ बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु गर्दै आएका नेपाल ललितकला मञ्च कोरियाको स्थापना सन् २०१४मा भएको हो।



Nick Name     
comment   




कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न


कोरियामा ३८ डिग्रीको गर्मीमा पनि नेपाल डे भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com